काठमाडौं। १० प्रतिशत सेयर निःशुल्क दिनुपर्ने माग राख्दै जेनजी युवा समूहको नाममा एक महिनादेखि बन्द गराइएको ४५ मेगावाटको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजना सञ्चालन हुने भएको छ।
जेनजीका नाममा अराजक समूहकले १ महिनादेखि आयोजना सञ्चालनमा अवराेध गर्दै आएकाे थियाे।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, आयोजना पक्ष र जेनजी प्रतिनिधिसहितको बैठकमा सेयर विवाद सहमतिमा टुंग्याएर आयोजना सञ्चालन गर्ने सहमति भएको हो। सहमतिसँगै जेनजीका नाममा १० प्रतिशत निःशुल्क सेयर अराजक समूहले सित्तैमा पाएकाे छ।
भोटेकोसी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक र भोटेकोसी पावर कम्पनीबीच सहमति भएसँगै आयोजनाकाे व्यवधान हटेको हो। दोस्रो पक्षले १० प्रतिशत सेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीयलाई समेटेर स्थापित पब्लिक लिमिटेडलाई दिने सहमति भएको छ।
दोस्रो पक्षको सेयर अंकित मूल्य १०० को सन्दर्भमा स्थानीयबाट लगानी गर्ने पब्लिक कम्पनीले सेयर कर्जा पाउन बैंकमा निवेदन दिने, दोस्रो पक्ष जमानीको व्यवस्था गर्ने, सो कर्जा आगामी एक वर्षको लाभांशबाट दोस्रो पक्षको आयोजना निर्वाध रुपमा सधैं सञ्चालन भएको अवस्थामा कर्जा र ब्याजसमेत चुक्ता हुने गरी दोस्रो पक्षले व्यवस्था गर्ने सहमति बताइएको छ।
१० प्रतिशत सेयरका लागि जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका आयोजना प्रभावित जनतालाई पहिलो पक्षको कम्पनीको सेयरधनी बनाइसकेपछि दोस्रो पक्षले १० प्रतिशत सेयरका लागि आवेदन दिने प्रक्रिया सुरु गरिनेछ।
आयोजना सञ्चालनमा अवराेध भएपछि कम्पनीका प्रतिनिध र र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, ९इप्पान० नेपालका प्रतिनिधिले दुई गत शुक्रबारा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका थिए। गृहमन्त्रीले आयोजना सञ्चालनका लागि सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिए पनि अराजक समूहको निरन्तर रहँदै आएको थियो।
निजी क्षेत्रबाट सञ्चालित आयोजनामा निःशुल्क सेयरका नाममा अराजक समूहबाट हुँदै आएको माग पूरा गर्दा यसको असर अन्य आयोजनामा पर्ने निश्चित छ।
सम्झौतामा जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोसी कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्यलगायतले हस्ताक्षर गरेका छन्।