काठमाडौं। नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारी आफ्नो कार्यकाल पूरा गरी शनिबारदेखि बिदा भए। सरकारले नियुक्त गरेको चार वर्षे कार्यकाल पूरा गरेर उनी बिदाई भए पनि नयाँ कार्यकारी अध्यक्ष नियुक्त भएको छैन।
कार्यकारी अध्यक्ष अधिकारीको बिदाईपछि आइतबार कार्यालय प्रमुखविहीन सञ्चालनमा आयो। कार्यकारी अध्यक्षको बिदाईपछि अहिले निमित्त प्रमुख पाउनका लागि केही कर्मचारीहरुले दौडधुप सुरु गरेका छन्।
अहिलेसम्म सरकारले निगमभित्रबाट कार्यकारी अध्यक्ष वा महाप्रबन्धक नियुक्त नगरे पनि अर्को निर्णय नभएसम्मका लागि त्यहीका कर्मचारीलाई निमित्त प्रमुख दिने गरिएको छ। सोही आधारमा अहिले अध्यक्ष अधिकारी कार्यकाल सकाएर बिदा भएपछि उनको ठाउँमा निमित्त बन्न कर्मचारीले लविङ सुरु गरेका हुन्।
जनक र डोलेश्वर प्रतिस्पर्धामा
निमित्त प्रमुख बन्नका लागि अहिले उपप्रबन्धकद्वय जनक कालाखेती र डोलेश्वर कोइरालाले आफ्नो लविङ सुरु गरेका छन्। निगमको व्यवस्थापकको रुपमा अध्यक्षपछि आफू सबैभन्दा सिनियर भएको नाताले स्वतः निमित्त प्रमुखको जिम्मेवारी पाउनुपर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लविङ गर्दै आएका छन्। अहिले पर्यटन मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री सुशिला कार्की स्वंयमले सम्हाल्दै आएका छन्।
यता पर्यटन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले हालसम्म निगममा कसलाई निमित्त प्रमुख दिने भन्ने विषयमा निर्णय नभएको बताउँछन्।
पर्यटन मन्त्रालय मातहतमा निगम रहेकाले पनि निमित्त दिने र नयाँ अध्यक्ष वा महाप्रबन्धक नियुक्तिका लागि सिफारिस गर्नुपर्ने हुन्छ। सोहीअनुसार मन्त्रिपरिषदले नयाँ अध्यक्ष वा महाप्रबन्धक नियुक्त गर्ने छ। तर, निमित्तको अधिकार भने पर्यटन मन्त्रीले मन्त्रीस्तरीय निर्णय गरेर दिन सक्ने छ।
यता पर्यटन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले हालसम्म निगममा कसलाई निमित्त प्रमुख दिने भन्ने विषयमा निर्णय नभएको बताउँछन्।
अधिकारीले दिए कोइरालालाई जिम्मेवारी
कार्यकारी अध्यक्षबाट बिदा हुँदै गर्दा अधिकारीले अर्को व्यवस्था नहुँदासम्मका लागि निमित्त प्रमुखको रुपमा काम गर्न डोलेश्वर कोइरालालाई जिम्मेवारी दिएका छन्।
निगम श्रोतका अनुसार अध्यक्ष अधिकारीले कार्यालयबाट बिदाई हुँदै गर्दा जनक कालाखेती बिदामा रहेको र कोइराला कार्यालयमै रहेकाले उनैलाई निमित्तको कार्यभार सम्हाल्ने गरी पत्र दिएको बताइएको छ। कोइराला निमित्त एकाउन्टेबल म्यानेजरसमेत हुन्।
उनीविरुद्ध वाइडबडी जहाज खरिदमा भ्रष्टचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर भएको थियो। तथापि, विषेश अदालतबाट मुद्दा कालाखेतीले जितिसकेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीलाई कारबाही गर्दै एकाउन्टेबल म्यानेजरबाट हटाएर कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको हो।
तत्कालिन अध्यक्ष अधिकारीले वरियता मिचेर कोइरालाई जिम्मेवारी दिएपछि कालाखेती रुष्ट बनेका छन्। निगमको सिनियरमा कालाखेती हुन्। तर, उनीविरुद्ध वाइडबडी जहाज खरिदमा भ्रष्टचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर भएको थियो। तथापि, विषेश अदालतबाट मुद्दा कालाखेतीले जितिसकेका छन्। अर्थात, उनले विषेश अदालतबाट सफाइ पाइसकेका छन्।
निमित्तले के–के पाउनँछन् अधिकार
निमित्त प्रमुख बन्न किन दौडधुप छ त? निगममा कार्यकारी अध्यक्षको बिदाईपछि अर्को व्यवस्था नहुँदासम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी पाउन अहिले दुई उपप्रबन्धकबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। यसो हुनुमा निमित्त प्रमुख बनेपछि कार्यकारी सरह निर्णय गर्ने अधिकार नभए पनि विभिन्न मुलुकमा जनरल सेल्स एजेन्ट (जिएसए) नवीकरण गर्न पाउने छन्।
यस्तै, क्रु मेम्बरका लागि विभिन्न मुलुकमा होटल व्यवस्थापन गर्नसमेत पाउने छन्। जिएसए नवीकरण र क्रु मेम्बरका लागि होटल छनौटमा ठूलो आर्थिक चलखेल हुने गरेको घटनाहरु यसअघि सार्वजनिक हुँदै आएका छन्।