नेपालमा पर्यटकका लागि हिमाल र प्रकृतिका दृश्य मात्रै आकर्षण होइनन्। यहाँको धर्म, संस्कृति र जीवनशैली पनि उत्तिकै चासोको विषय बनेको छ। यहीँ सांस्कृतिक र धार्मिक जगत्को अर्थ बुझाउने, इतिहास सुनाउने र परम्परा महसुस गराउने काम गर्छन्- धार्मिक टुर गाइड।
तर, विडम्बना के भने नेपालमा अहिले पनि ‘धार्मिक टुर गाइड’ भनेर छुट्टै वर्ग छैन। सबै गाइडलाई सिटी टुर गाइड नै भनिन्छ र उनीहरूले नै तीर्थ र सांस्कृतिक स्थलमा पर्यटकलाई घुमाउने, देखाउने र बुझाउने गर्छन्। धार्मिक टुर गाइड भनेर छुट्टै बनाइएको हुँदैन। सबै सिटी टुर गाइडले नै काम गरिरहेका हुन्छन्। पथ प्रदर्शकले नै धार्मिक टुर गाइडको काम गरिरहेका हुन्छन्।
धार्मिक टुर गाइडका लागि धार्मिक सहर र धार्मिक क्षेत्र बढी महत्त्वपूर्ण हुन्छन्। नेपालको सबैभन्दा बढी धार्मिक स्थल रहेको ठाउँ भनेकै काठमाडौं हो। टुर गाइड सबैको एउटै खालको तालिम हुन्छ। टुर गाइडको तालिम ७० दिने हुन्छ। तालिममा उनीहरूलाई फिल्ड भिजिट पनि गराइन्छ। टुर गाइडको तालिम नेपाल होटेल तथा पर्यटन प्रशिक्षण प्रतिष्ठान (नाथम)ले दिँदै आएको छ। नाथमले तालिमपछि दिने लाइसेन्स लिएपछि गाइडले आफुलाई कुन क्षेत्रमा जाने र कुन क्षेत्रमा काम गर्ने भनेर निधो गर्छन्।
अहिलेसम्म टुर गाइडमा छु्ट्याएको भनेकै ट्रेकिङ गाइडको मात्र हो। तर, यसबाहेक धार्मिक टुर गाइडलाई सिटी टुर गाइडकै रुपमा राखिएको छ। स्टोरी टेलिङ गर्दा पर्यटकले धेरै जानकारी दिँदै गर्दा कतै गफ मात्र दियो कि भन्ने आशंकका पनि गर्छन्। सिटी टुर गाइडको रुपमा काम गर्नेको संख्या अहिले नेपालमा धेरै भए पनि धार्मिक टुर गाइडको रुपमा काम गर्ने कमै छन्। धार्मिक टुर गाइडको रुपमा काम गर्न चासो देखाउनेको संख्या बढिरहेको छ।
तालिम र लाइसेन्सको बाटो
नाथमले टुर गाइड बन्न चाहनेका लागि ७० दिने तालिम सञ्चालन गर्छ। यसमा इतिहास, संस्कृति, वास्तुकला, चिन्ह-प्रतीक, कला र आतिथ्यका आधारभूत ज्ञान दिइन्छ। फिल्ड भ्रमणदेखि व्यावहारिक अभ्याससम्म सबै समावेश हुन्छन्।
काठमाडौंकै गाइडले धार्मिक र सांस्कृतिक दुवै पक्ष सम्हालेका छन। यहाँको संस्कृति नबुझी धार्मिक कथा भन्नै सकिँदैन। धार्मिक गाइडले केवल जानकारी बाँड्ने काम होइन, त्यो एउटा अनुभव सिर्जना गर्ने कला हो।
तालिम सकेपछि नाथमले लाइसेन्स दिन्छ। त्यसपछि मात्र गाइडले पर्यटकलाई सेवा दिन पाउँछन्। लाइसेन्स लिएपछि भने गाइडले आफ्नो क्षेत्र रोज्छन्-काठमाडौंमा सांस्कृतिक र धार्मिक, पोखरामा प्राकृतिक, चितवनमा वन्यजन्तु, र लुम्बिनी वा मुस्ताङमा धार्मिक तथा ऐतिहासिक टुर।
नेपालका धेरै धार्मिक स्थलको केन्द्र नै काठमाडौं हो। यहाँको हरेक गल्लीमा मन्दिर, प्रत्येक डाँडामा कथा बस्छ। स्वयम्भू, पशुपतिनाथ, बौद्धनाथ, पाटन दरबार, भक्तपुर दरबार। यी सबै ठाउँमा गाइडले दैनिक रूपमा पर्यटकलाई मार्गदर्शन गर्छन्।
काठमाडौंकै गाइडले धार्मिक र सांस्कृतिक दुवै पक्ष सम्हालेका छन। यहाँको संस्कृति नबुझी धार्मिक कथा भन्नै सकिँदैन। धार्मिक गाइडले केवल जानकारी बाँड्ने काम होइन, त्यो एउटा अनुभव सिर्जना गर्ने कला हो।
गाइडले पर्यटकलाई धार्मिक स्थल देखाउँदै उनीहरूको उद्देश्य बुझ्न जान्नुपर्छ। राम्रो गाइडले धेरै कुरा बोल्दैन, तर सही कुरा गर्छ। उसले प्रश्न उठाउँछ, जिज्ञासा जगाउँछ र त्यसैको उत्तरमार्फत जानकारी दिन्छ। यसरी संवादमार्फत अनुभव बाँड्न सक्ने गाइड नै सफल हुन्छ।
हरेक वर्ष करिब २/३ सय नयाँ टुर गाइड
नेपालमा अहिले हरेक वर्ष करिब २/३ सय नयाँ टुर गाइड उत्पादन हुन्छन्। तर, कामका अवसर त्यति पर्याप्त छैनन्। धेरै गाइड सिजनमा मात्रै व्यस्त हुन्छन, बाँकी समय बेरोजगारजस्तै। कोभिडपछि त यो अवस्था झन् कमजोर भएको बताइन्छ।
काठमाडौंका धार्मिक क्षेत्रमा काम गर्न पाउनेहरू सीमित छन्। पशुपति क्षेत्र, स्वयम्भू वा बौद्धनाथमा प्रायः स्थानीय गाइड नै सक्रिय हुन्छन्। कतिपयले त बिनातालिम र लाइसेन्स पनि काम गर्छन्।
धेरैले यो पेसालाई अतिरिक्त आम्दानीको श्रोतको रुपमा हेरेका छन। लाइसेन्स लिएर पनि कतिले अर्कै पेसा गर्छन्। तर, जो गाइडले अध्ययन र भाषामा पकड बनाउँछ, उसले राम्रो कमाउँछ। एक सिजनमा ५ देखि ७ लाखसम्म आम्दानी सम्भव छ। विशेषगरी हिन्दी र अंग्रेजी दुवै बोल्न सक्ने गाइडको माग बढी छ। नेपालमा अहिले अंग्रेजी बोल्ने गाइड प्रशस्त छन, तर भारतीय पर्यटकका लागि हिन्दी गाइडको कमी छ।
धार्मिक स्थलमा अझै धेरै सुधारको सम्भावना छ। पशुपतिनाथदेखि मुक्तिनाथसम्म धेरै ठाउँमा सरसफाइ, विश्राम स्थल र सूचना केन्द्रको कमी छ।
धार्मिक स्थलमा आउने धेरै तीर्थयात्री भारतबाट हुने भएकाले हिन्दी जान्नु गाइडका लागि फाइदाजनक हुन्छ। त्यसैले धेरै युवाहरू अहिले भाषासँगै संस्कृति र धर्मको अध्ययन गर्न थालेका छन्। कसैले कल्चर, हिस्ट्री र आर्कियोलोजी पढ्छन्, कसैले बुद्धिस्ट स्टडिज। अध्ययनले उनीहरूलाई कथा भन्न, वास्तु चिनाउन र प्रतीक बुझाउन सहज बनाउँछ।
बदलिँदो धार्मिक पर्यटन
धार्मिक पर्यटनको स्वरूप पनि अहिले परिवर्तन भइरहेको छ। पहिले जहाँ भक्तिभाव र पूजामा ध्यान दिइन्थ्यो, अहिले पर्यटकलाई ‘अनुभव’ चाहिन्छ। अब उनीहरू रथ तान्न, बाजा बजाउन, जात्रामा सहभागी हुन रुचाउँछन। अहिलेको पुस्ता रिचुअलमा होइन, सेलिब्रेसनमा रमाउँछ। उनीहरू हेर्न, महसुस गर्न र तस्वीरमा उतार्न आउँछन।
त्यसैले अहिलेको धार्मिक गाइडलाई केवल धर्मकै होइन, संस्कृति र जीवनशैलीका कथाकार बन्नु आवश्यक छ। धार्मिक स्थलमा अझै धेरै सुधारको सम्भावना छ। पशुपतिनाथदेखि मुक्तिनाथसम्म धेरै ठाउँमा सरसफाइ, विश्राम स्थल र सूचना केन्द्रको कमी छ।
नेपालको सांस्कृतिक र धार्मिक विविधता आफैंमा विशाल बजार हो। अहिले युवा पुस्ता पनि गाइडिङतर्फ आकर्षित हुँदै छ-नाफाका लागि मात्रै होइन, आफ्नो संस्कृति बुझाउने गर्वका लागि पनि। नेपालका धार्मिक टुर गाइड केवल बाटो देखाउने व्यक्ति होइनन्, उनीहरू संस्कृतिका जीवित व्याख्याकार हुन।
उनीहरूको बोलीमा इतिहास बाँच्छ, व्याख्यामा परम्परा बोल्छ। धार्मिक पर्यटनको भविष्य अझ उज्यालो बनाउन सरकारले धार्मिक टुर गाइडका लागि छुट्टै वर्ग र तालिम व्यवस्था गर्न सके नेपालको आत्मा संसारले अझ नजिकबाट महसुस गर्न पाउने छ। (लेखक, कोर्रा टुर्स एन्ड ट्राभलर्सका अप्रेसन चिफ हुन्)