काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार हालसम्म आर्थिक वर्ष २०८१/८२ का लागि ६ वटा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्। यीमध्ये गुराँस लघुवित्त र साना किसान विकास लघुवित्तले सेयरधनीलाई सर्वाधिक १५ प्रतिशत लाभांश घोषणा गरेका हुन्।
हालसम्म स्वावलम्बन लघुवित्त, हिमालयन लघुवित्त, गराँस लघुवित्त, आरएसडिसी लघुवित्त, साना किसान विकास लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको नेप्सेको सूचनामा उल्लेख छ।
गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यसमध्ये १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।
यस्तै, आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ।
त्यसैगरी आशा लघुवित्त गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यसमध्ये ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २२ गते बुक क्लोज गर्ने भएको छ।
साना किसान विकास लघुवित्त संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यसमध्ये १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।
यसैगरी स्वावलम्बन लघुवित्त गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। यसमध्ये ५ दशमलव ६३६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।
यस्तै, हिमालयन लघुवित्त संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुल ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। यसमध्ये ६. ६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।