काठमाडौं। सुनौलीबाट दिल्ली जाँदै गरेको यात्रुवाहक बसमा उत्तर प्रदेशको बलरामपुरमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
४५ यात्रु सवार बसलाई ट्रकले ठक्कर दिँदा १०० मिटर पर पुगेर हाइटेन्सन लाइनको खम्बामा ठोक्किएपछि आगलागी भएको थियो। यूपी२२एटी ०२४५ नम्बरको बस भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो। घटनापछि बसचालक र सहचालकबारे कुनै जानकारी प्राप्त नभएको बताइएको छ।
सोमबार मध्यराती भएको घटनामा अधिकांश नेपाली र तीमध्ये पनि बुटवलका यात्रु परेको बताइएको छ। सूचीअनुसार घाइने हुनेमा शिवबहादुर परियार (गुल्मी, तम्घास), पूर्णिमा परियार, कृष्णबहादुर (कावासोती), विष्णुबहादुर, अनिलबहादुर, सरस्वती, दिवाकर न्यौपाने (बुटवल) रहेका छन्।
त्यसैगरी, दिया योगी (बुटवल), विशाल गुरुङ (गुल्मी, तम्घास), लालबहादुर (छत्रकोट, गुल्मी), उसा (गुल्मी) छन् । साथै, सुबोध अर्याल (स्याङ्जा), कमलबहादुर पौडेल (मोरङ), भुवन, छन्। ओमबहादुर (पाल्पा), वसन्त सर्तुंगी (तम्घास, गुल्मी), सोनाम (बुटवल), अनिसा (बुटवल), गुनबहादुर (गुल्मी), बोधबहादुर (सुनवल, नवलपरासी) र धनकुमारी छन्।
खैरुल बुभ (भगवानपुर, बिहार) नाउद अली (भगवानपुरबिहार) र विक्रम (कर्नाल, हरियाणा) पनि घाइते भएको भारतीय सञ्चार माध्यमले लेखेका छन्।
बसमा आगलागी हुँदा घाइते भएकामध्ये दुई जना नेपालीको मृत्यु भएको जानकारी स्थानीय प्रशासनले दिल्लीस्थित नेपाली दूतावासलाई दिएको बताइएको छ।