काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कोषलाई बढाउने भएको छ । केन्द्रीय बैंकले गत चैतमा पुनरकर्जा कोषमा १० अर्ब थपेर ६० अर्ब रुपैयाँ पुर्याएको छ ।
कोरोना भाइरसको महामारीले उद्योग, व्यवसाय, सेवा, पर्यटनलगायत सबै क्षेत्रमा ठुलो प्रभाव परेकाले पुरनरकर्जा कोषको आकार बढाउन लागेको हो । कोषको आकार बढाएर कति पुर्याउने राष्ट्र बैंकले खुलाएको छैन ।
कोषको आकार बढ्न स्पष्ट पारेको छ । पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था समेत
मिलाइने केन्द्रीय बैंकले जानकारी दिएको छ ।
निजी क्षेत्रले पुनरकर्जा कोषमा थोरै रकम भएको बताउँदै आर्थिक क्षेत्रको पुनरुथान गर्न न्युनतम १ खर्ब रुपैयाँको हुनुपर्ने बताउँदै आएका छन ।
साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा पुन प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी प्रदान गरिने पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशोधन गरिने राष्ट्र बैंकले जनाएको छ ।
पुनरकर्जाको ब्याज धेरै सस्तो हुन्छ । यस्तो कर्जाको अवधि बढीमा १ वर्ष हुने गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट उद्योग व्यवसायलाई यस्तो कर्जा प्रवाह हुँदै आएको छ ।
चालु आर्थिक वर्षको हालसम्म ३५ अर्ब १ करोड ६२ लाख रुपैयाँ पुनरकर्जा प्रवाह गरेको केन्द्रीय बैंकले जनाएका छ ।
जसमध्ये प्राथमिकताप्राप्त क्षेत्रतर्फ प्रवाहित असल कर्जाको धितोमा साधारण पुनरकर्जा ३१ अर्ब ५४ करोड, निर्यात पुनरकर्जा १ अर्ब ५४ करोड र भूकम्प पीडितलाई प्रदान गरिएको पुनरकर्जा १ अर्ब ९२ करोड प्रवाह भएको छ ।