काठमाडौं। एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको छ। एमाले अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्यानलै बनाएर निर्वाचनमा होमिएको थियो।
भदौ २९ देखि सुरु भएको महाधिवेशन मतदानमा ढिलाइ हुँदा लम्बिएको हो। एमाले निर्वाचन आयोगका अनुसार महाधिवेशनमा शतप्रतिशत मत खस्न सकेन। एमालेले नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधि चयन गरेकामा ३६ जनाले मत नखसालेको आयोगको भनाइ छ।
म्तदानमा अनुपस्थित हुनेमा मुकुन्द न्यौपाने, वसन्त नेम्बाङ, बालकुमार काउछा, व्र्रजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोष्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना राजोपाध्या, अशोक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली रहेका छन्।
यस्तै, अशिम कोइराला, दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल, मीना पोखरेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल, गोमा नेपालीलगायत रहेका छन्। यद्यपि यसबारे आयोगले अझै लिस्ट सार्वजनिक गरेको छैन।