काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत मतगणना सुरु भएको छ। बिहान सवा ७ बजे मतदान सकिएकामा मुचुल्का र प्रतिनिधिको सहमतिपछि १० बजे मतगणना सुरु गरिएको हो।
मतगणना सकिन साढे दुईदेखि तीन घन्टा लाग्ने एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।
उनका अनुसार मतगणनाका लागि ८० वटै भोटिङ मेसिनबाट चिप्स संकलन भइसकेको छ। १९ पदाधिकारी, ३०१ सदस्यीय केन्द्रीय कमिटी सबैको परिणाम एकैचोटि आउने उनको भनाइ छ।
निर्वाचनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिवका साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन् । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार छन्।
५ जना उपाध्यक्षका लागि अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्। महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्।
३ जना उपमहासचिवका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्।
९ जना सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की छन्।