काठमाडौं। एमालेको ११औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुन थालेको छ। बिहान सवा १० बजेदेखि सुरु भएको मतगणनामा हालसम्म २२३ मतको छिनोफोनो भएको छ।
एमालेमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले हालसम्म १५६ मत ल्याएका छन् भने अर्का प्रतिस्पर्धी ईश्वर पोखरेलले ६७ मत ल्याएका छन्।
यस्तै, उपाध्यक्षमा अरुण नेपालले ३८, गुरुप्रसाद बरालले १०९, गोकर्णराज विष्टले १३३, टकंप्रसाद कार्कीले ४३, पर्शुराम मेघी गुरुङले ४७, पृथ्वीसुब्बा गुरुङले १७१, भीमप्रसाद आचार्यले २७, रघुजी पन्तले १२३, रामबहादुर थापा बादलले १५३, बिन्दा पाण्डेले ९८, विष्णुप्रसाद पौडेलले १७३ मत ल्याएको एमाले निर्वाचन आयोगले जनाएको छ।
यसैगरी महासचिवमा शंकर पोख्रेलले ११५, सुरेन्द्रप्रसाद पाण्डेले १०८ मत ल्याएका छन्। उपमहासचिवमा आनन्दप्रसाद पोख्रेलले ७१, योगेश भट्टराईले १४०, रघुवीर महासेठले १२६, राजेन्द्रप्रसाद गौतमले २६, लेखराज भट्टले १४७, विष्णुप्रसाद रिमालले १०५, वैजनाथ चौधरीले ५४ मत ल्याएका छन्।
यसैगरी सचिवमा अग्निप्रसाद खरेलले ७७, इन्द्रलाल साप्कोटाले ४१, कर्णबहादुर थापाले ९३, कृष्णगोपाल श्रेष्ठले ५९, खगराज अधिकारीले १३२, गोकुलप्रसाद बास्कोटाले १०४, छविलाल विश्वकर्माले १४५, ठाकुरप्रसाद गैरेले ९३, पद्माकुमारी अर्यालले १५२, पुरुषोत्तम पौडेलले ५९, पेम्बा लामाले ५०, भानुभक्त ढकालले १०७, महेश बस्नेतले १५०, रचना खड्काले ८३, राजन भट्टराईले ११३, लालबाबु पण्डितले ७३ मत ल्याएका छन्।
त्यसैगरी विनोदप्रसाद ढकालले ८२, शेरधन राईले १४१, हिक्मतकुमार कार्कीले १३८ मत ल्याएका छन्।