काठमाडौं। पेसागत विशिष्टता र विविधतायुक्त समुदायसँग जोडिँदै शान्त, रमणीय र रणनीतिक वातावरणमा जीवन तथा काम दुवैलाई अघि बढाउन चाहनेका लक्षित गरी तयार भएको ‘नयाँ गाउँ’ आवासीय परियोजनामा नेपाली राष्ट्रिय भलिबल टिमका पूर्वकप्तान मानबहादुर श्रेष्ठ जोडिएका छन्।
सन् २०२४ मा भलिबल खेलबाट सन्यास लिएर अस्ट्रेलियामा बसोबास गर्दै आएका पूर्व कप्तान श्रेष्ठले काभ्रेको पाँचखाल १० मा निर्माण भैरहेको नयाँ गाउँमा ६ आना जग्गा खरिद गरेका हुन्।

नयाँ पुस्तालाई भलिबल खेलको कप्तानको जिम्मेवारी दिँदै २०२४ मा अस्ट्रेलियालाई कर्म क्षेत्र बनाइरहेका श्रेष्ठले भविष्यमा नेपालमै फर्किएर केही नयाँ काम गर्ने सोचका साथ नयाँ गाउँमा जग्गा खरिद गरिएको जानकारी दिए। ‘अहिले कर्मको सिलसिलामा अस्ट्रेलियामा रहे पनि बुढेशकालमा नेपालमै फर्किने हो,’ पूर्वकप्तान श्रेष्ठले भने, ‘शान्त, सुरक्षित र स्वच्छ वातावरणमा बसोबासका लागि उपयुक्त नयाँ गाउँ देखिएकोले त्यसैमा जोडिएको हुँ।’
विदेशमा बस्ने नेपालीहरुलाई नेपाल आउँदा आरामदायी बसाइँका लागि उपयुक्त र ठूलो बाटोमा व्यवस्थित वातावरण पाउने थलोको रुपमा नयाँ गाउँ देखिएको उनको भनाइ छ। लिजेन्ड प्रोपर्टीले निर्माण गरिरहेको सो परियोजनाबारे पूर्वकप्तान श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी पाएका थिए। सामाजिक सञ्जालमा राम्रो देखेपछि सोधखोज गर्ने क्रममा राम्रो लागेपछि उनी सोही जग्गा खरिदका लागि शुक्रबार नेपाल आएका हुन्।
नेपाल आएलगत्तै पूर्वकप्तान श्रेष्ठ शनिबार नयाँ गाउँमा पुगेका थिए। स्थलगत निरीक्षणमा पुगेका उनलाई लिजेण्ड प्रोपर्टीका अध्यक्ष प्रविण कुस्माले भलिबल हस्तान्तरण गरेका थिए। जग्गा निरीक्षणका लागि पुगेका उनले केही समय त्यहाँ भलिबलसमेत खेलेर मनोरञ्जन लिएका थिए।
को हुन पूर्वकप्तान श्रेष्ठ?
नेपाली पुरुष भलिबलका स्थापित र अनुभवी खेलाडी हुन्, श्रेष्ठ। घरेलु भलिबलमा त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका उनी अनुशासित खेल, नेतृत्व क्षमता र निरन्तरताका कारण चिनिएका खेलाडी हुन्।

सन् २०१७ मा नेपालले एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए। उक्त उपलब्धीले नेपाली पुरुष भलिबलको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न उल्लेखनीय योगदान दिएको थियो।
उनले २०२३ मा चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद (एसियाड)मा नेपाली पुरुष भलिबल टिमको कप्तानी गर्दै नेपाललाई नेतृत्व गरेका थिए। उनी दुई पटक एसियाड खेल्ने नेपालका सीमित खेलाडीमध्ये एक हुन्।
उनले दुई पटक नेपाललाई भलिबलमा रजत पदक दिलाउन योगदान दिएका छन्। २७ वर्षकै उमेरमा उनले राष्ट्रिय टिम र कप्तान पदबाट सन्न्यास लिँदै नयाँ पुस्ताका खेलाडीका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेका थिए।
कस्तो छ परियोजना?
परियोजनामा कुल १४५ वटा प्लट समावेश छन्। यहाँ विद्युत आपूर्ति, वाटर प्लान्ट, सिल्ड बाउन्ड्री तथा २४ सैँ घण्टा निगरानी र सुरक्षा व्यवस्थासहित सुरक्षित बसोबास सुनिश्चित गरिएको छ।
क्याफे तथा रेस्टुरेन्ट, मिनी मार्ट, हरियाली खुला क्षेत्र र स्विमिङ पुलजस्ता सुविधाले नयाँ गाउँलाई केवल आवासीय होइन, जीवनशैली परियोजनाका रूपमा स्थापित गरेको छ।

डिजिटल प्रोफेसनलदेखि व्यवसायी, बैंकर, खेलकुद व्यक्तित्व, सेलिब्रिटी तथा नन रेसिडेन्ट नेपालीलाई लक्षित विभिन्न वर्गअनुसारका प्लट परियोजनाभित्र उपलब्ध छन्। परियोजनामा विभिन्न वर्ग लक्षित प्लट उपलब्ध गराइएको छ।
डिजिटल प्रोफेसनलका लागि फायर ओपल, सेलिब्रिटीका लागि रुवि, बैंकरका लागि सफायर, वर्किङ प्रोफेसनलका लागि गोल्ड, खेलकुद व्यक्तित्वका लागि टान्जानाइट, व्यवसायीका लागि एमेराल्ड, नन–रेसिडेन्ट नेपालीका लागि टोपाज, परिवार तथा साथीहरूका लागि डायमन्ड र व्यावसायिक प्रयोजनका लागि रोज क्वाट्र्ज प्लट उपलब्ध छन्।
प्लटको मूल्य वर्गअनुसार फरक–फरक तोकिएको छ। आयोजनाभित्र ६ आना देखि १ रोपनीसम्मका १४५ वटा प्लटहरु छन। परियोजनाभित्र प्रतिआनाको मूल्य न्यूनतम ७ लाखदेखि अधिकतम ९ लाख ५० हजार रुपैयाँसम्म रहेको छ।