काठमाडौं। काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस मापन गरिएको छ। काठमाडौंमा यस वर्ष आजसम्मकै चिसो मापन गरिएको हो।
सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम पुस २४, २३ र पुस २२ पनि समान ३ डिग्री नै थियो । काठमाडौंको न्यूनतम तापक्रम पुस २१ ३.५, पुस २० ४ डिग्री थियो।
आज महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –७.७ डिग्री छ। जुम्लाको न्यूनतम तापक्रम बिहीबार –८.१, बुधबार –६.२, मंगलबार –६.१, सोमबार र आइतबार समान –६.३ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ।
बुधबार बिहान मनाङको हुम्दे केन्द्रमा न्यूनतम तापक्रम –९.६ डिग्री सेल्सियस मापन गरिएको थियो। बिहीबार दिपायलको न्यूनतम तापक्रम १.४, डडेलधुराको १.५, वीरेन्द्रनगरको २.५, ताप्लेजुङको ३.९, घोराहीको ५.२, ओखलढुंगाको ५.३, सिमराको ५.९, धनकुटाको ६.२, पोखराको ६.३, चन्द्रगढीको ६.५, भैरहवा र विराटनगरको समान ६.८ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ।