काठमाडौं। २० वटा वाणिज्य बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक ब्याजदरअनुसार माघमा २० मध्ये १७ वटाले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने तीन वटाले फेरबदल गरेका हुन्।
वाणिज्य बैंकले माघका लागि मुद्दती निक्षेपको ब्याजदर ०.०३ प्रतिशत बिन्दुले घटाएर ६.०२९ प्रतिशतबाट ६.००१ प्रतिशतमा झारेका छन्। एसबिआई र कृषि विकास बैंकले ब्याजदर घटाएका छन् भने लक्ष्मी सनराइज बैंकले बढाएको छ।
एसबिआई बैंकले माघमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा झारेको छ। कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ।
व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने वाणिज्य बैंकहरुमा कुमारी, एभरेष्ट, एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, लक्ष्मी सनराइज र सिद्धार्थ रहेका छन्।
माघका लागि ब्याजदर घटाएर कुमारीले ४.२३ प्रतिशत, एभरेष्टले ४.४० प्रतिशत, एसबीआईले ४.४० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ४.३६ प्रतिशत, सिटिजन्सले ४.५० प्रतिशत, लक्ष्मी सनराइजले ४.५० प्रतिशत र सिद्धार्थले ४.५५ प्रतिशत कायम गरेका छन्।
पुसमा कुमारीले ४.३३ प्रतिशत, एभरेष्टले ४.७५ प्रतिशत, एसबीआईले ४.५५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ४.६० प्रतिशत, सिटिजन्सले ४.७५ प्रतिशत, लक्ष्मी सनराइजले ४.७५ प्रतिशत र सिद्धार्थले ५.० प्रतिशत ब्याज दिएका थिए। माघमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर राख्ने वाणिज्य बैंकमा नेपाल बैंक, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनआईसी एसिया, एनएमबि र राष्ट्रिय वाणिज्य बैंक छन्।
पुसमा नेपाल बैंकले ५.१० प्रतिशत, प्रभुले ४.५५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ५.० प्रतिशत, एनआईसी एसियाले ५.० प्रतिशत, एनएमबिले ५.० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ५.० ब्याज दिएका थिए। यही ब्याजलाई यी बैंकले माघमा पनि निरन्तरता दिएका छन्।
प्राइम बैंकले भने माघमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर ४.४० प्रतिशत कायम गरेको छ। पुसमा बैंकले ४.२५ प्रतिशत ब्याज दिएको थियो।