काठमाडौं। बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक)ले पाँच महिनामै साढे २८ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएका छन्। चालू वर्षको मंसिरसम्म बैंकहरूले कुल २८ अर्ब ५१ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्।
उक्त अवधिमा वाणिज्य बैंकहरूले २५ अर्ब ८० करोड १४ लाख, विकास बैंकहरूले २ अर्ब ५७ करोड र वित्त कम्पनीले २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका हुन्।
पाँच महिने अवधिमा नाफाको पहिलो सुचीमा वाणिज्य बैंकतर्फ ग्लोबल आइएई बैंक, विकास बैंकतर्फ गरिमा विकास बैंक र वित्त कम्पनीतर्फ आइसिएफसी फाइनान्स रहेका छन्। मंसिरसम्म ग्लोबल आइएमईले ३ अर्ब २२ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। साथै, उक्त अवधिमा नबिल बैंकले ३ अर्ब ११ करोड ७७ लाख खुद नाफा आर्जन गरेको छ।
उक्त अवधिमा ११ वटा वाणिज्य बैंकले २ अर्ब नजिक खुद नाफा कमाएका छन्। प्राइम कर्मसियल बैंकले १ अर्ब ९२ करोड, एभरेष्टले १ अर्ब ८९ करोड, एनएमबीले १ अर्ब ६५ करोड, कुमारीले १ अर्ब ५२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २३ करोड, प्रभुले १ अर्ब १६ करोड, स्ट्यान्डर्ड चार्टर्डले १ अर्ब १६ करोड, हिमालयनले १ अर्ब १३ करोड, राष्ट्रिय वाणिज्यले १ अर्ब ९ करोड, सानिमाले १ अर्ब ६ करोड र सिद्धार्थ बैंकले १ अर्ब १७ लाख रुपैयाँ खुद नाफा कमाएको हो।
यस्तै, विकास बैंकमा सबैभन्दा बढी गरिमाले ५३ करोड ७३ लाख खुद नाफा आर्जन गर्दा मुक्तिनाथले ५२ कारोड ९० लाख, साइन रेसुङ्गाले ४४ करोड ७ लाख, कामना सेवाले ३५ करोड ९५ लाख, सांग्रिलाले १९ करोड ८३ लाख र महालक्ष्मी विकास बैंकले १३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
बाँकी विकास बैंकहरूले भने उक्त अवधिमा १० करोड रुपैयाँभन्दा कम खुद नाफा आर्जन गरेका छन्। (राष्ट्र बैंकबाट सार्वजनिक तथ्यांकमा ७ वटा विकास बैंकको तथ्यांक समावेश गरिएको छैन।)
साथै, चालु वर्षको पाँच महिनामा वित्त कम्पनीतर्फ सबैभन्दा बढी आइसिएफसी फाइनान्सले ६ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाउँदा गुडविल फाइनान्सले ५ करोड ६२ लाख, मञ्जुश्रीले ४ करोड ५ लाख, सेन्टल फाइनान्सले ३ करोड ८० लाख मल्टी फाइनान्सले १ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। (प्राप्त तथ्यांकमा ११ वटा फाइनान्स कम्पनीको तथ्यांक उपलब्ध छैन।)
