काठमाडौं। नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा सार्क–६ र डेञ्जा डी ९ प्रिमियम हाइब्रिड कार बिक्री सुरु गरेको छ।
गत फागुनमा साइमेक्स इंक प्रालिले ‘हाइटेक वीक’ आयोजना गरी सार्क–६, डेञ्जा डी ९ र जेड ९ जीटी, फेङचेङ बाओको बाओ ५, याङवाङको यू ८ सार्वजनिक गरेको थियो। कम्पनीले हाइटेक वीकमा देखाएको सार्क–६ र डेञ्जा डी ९ पिकअप गाडी अहिले बिक्री सुरु गरेको साइमेक्स इंकका आशुतोष गौतमले बताए।
‘कम्पनीले अहिले सार्क–६ र डेञ्जा डी ९ को डेलिभरी सुरु गरेको छ,’ उनले भने, ‘सार्क–६ को मूल्य १ करोड ५५ लाख र डेञ्जा डी ९ को २ करोड ६५ लाख रुपैयाँ निर्धारण गरी बिक्री सुरु गरेको हो।’
सार्क–६
साइमेक्स इंकले हाइटेक वीकमा प्रदर्शन गरेको सार्क–६ नयाँ पुस्ताको पिकअप गाडी हो। कम्पनीले १ करोड ५५ लाख मूल्य निर्धारण गरी बिक्री सुरु गरेको छ। अफरोड क्षमताको सार्क ४ बाई ४ सिस्टमसहित डबल क्याबमा उपलब्ध पीकअप हो। बिवाइडी सार्क डीएमओ प्लेटफर्ममा आधारित रहेको छ। यसमा ‘ओ’को अर्थ अफरोड र डीएम भन्नाले ड्युल मोटर भन्ने बुझिन्छ।
बिवाईडी सार्कमा ड्युल मोटर सेटअपमा फ्रन्ट मोटरले १७० किलोवाटको पीक पावर र ३१० एनएम टर्क उत्पादन गर्छ। रियर मोटरले १५० किलोवाटकोे पीक पावर र ३४० एनएम र्टक जेनेरेट गर्छ। यसको लम्बाइ ५४५७ एमएम, चौडाइ १९७१ एमएम र उचाइ १९२५ एमएम छ। यसमा ३२६० एमएम लामो ह्वीलबेस दिइएको छ।
हाइब्रिड मोडल भएका कारण कम्पनीले यसमा १.५ लिटर, टर्बो फोर सिलिन्डर पेट्रोल इन्जिन दिएको छ। यसको इलेक्ट्रिक र आइसीईको संयुक्त पावर ४३० हर्ष पावर छ। यसको पेट्रोल इन्जिनले फ्रन्ट ह्वीललाई ड्राइभ गर्छ। यस्तै, बिवाइडी सार्कले ५.७ सेकेन्डमा ० देखि १०० किलोमिटरसम्मको स्पीड लिन सक्ने कम्पनीको दाबी छ।
यसमा २९.५८ किलोवाट आवरको बिवाइडीको सिग्नेचर ब्लेड ब्याट्री रहेको छ। यसले १०० किलोमिटरको एनईडीसी रेन्ज दिने कम्पनीको दाबी छ। यो पीकअपको कम्बाइन रेन्ज भने ८४० किलोमिटर छ। बिवाईडी सार्क–६ हाइब्रिड भएकाले १०० किलोमिटरमा ७.५ लिटर मात्र इन्धन खपत गर्ने कम्पनीको भनाइ छ।
यो पीकअपमा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्स्टर, १२.८ इन्चको रोटेड इन्फोटेन्मेन्ट स्क्रीन एप्पल कारप्ले तथा एन्ड्रोइड अटो फिचर समेत छ। अन्य फिचरमा डिजिटल की, भोइस कन्ट्रोल, रिमोट भेहिकल मेनेजमेन्ट, ३६० डिग्री क्यामेरा, वायरलेस फोन चार्जर साथै हेडअप डिस्प्ले समेत रहेको छ।
डेञ्जा डी ९
साइमेक्स इंकले बिक्री सुरु गरेको डेञ्जा डी ९ एक लक्जरी एमपीभी हो। यसले ८२० किलोमिटर रेञ्ज प्रदान गर्छ। डेञ्जा डि९ मा १०३.३६ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ।
यसले सिंगल चार्जमा ६०० किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ। यसलाई डिसी फास्ट चार्जरले चार्ज गर्दा ३० मिनेट लाग्छ।
यसको लम्बाइ ५२५० एमएम, चौडाइ १९६० एमएम र उचाइ १९२० एमएम छ। यसका ३११० एमएमको ह्विलवेस पाउन सकिन्छ। यसमा एडभान्स एआइ असिस्टेन्ट, एयर सस्पेन्सन र प्रिमियम इन्टेरियरलगायत सुविधा छन्।