काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेको छ। बुधबार मध्यराती आइतबार मध्यराती निर्वाचन समिति संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका हुन्।
विशेष महाधिवेशन प्रतिनिधिको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन्। नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल छानिएका छन्। त्यस्तै, दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरुराज घिमिरे चुनिए।
सह–महामन्त्रीमा समावेशी संरचनाअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व गरिएको छ। महिला सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त, दलिततर्फ प्रकाश रसाइली स्नेही, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा चयन भएका छन्।
त्यस्तै खसआर्यतर्फ उदयशमशेर राणा, मधेसीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढा सह–महामन्त्री भएका छन् । केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन्।
खुला सदस्यमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह केसी, राजेन्द्रकुमार केसी।, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चीनकाजी श्रेष्ठ, सुधीर शिवाकोटी, भरत शाह, मधु आचार्य रहेका छन्। त्यस्तै अमृत अर्याल, धु्रव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, अजय बाबु शिवाकोटी पनि केन्द्रीय सदस्य चुनिएका छन्।
त्यसैगरी प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाई, डा. केदार नरसिंह केसी, विदुर बस्नेत, तीर्थजंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्रगोपाल सिंह केन्द्रीय सदस्य छानिएका छन्।
महिला खुलातर्फ ९ केन्द्रीय सदस्य चयन भएका छन्। चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी र दिल कुमारी राई छन्। प्रदेशगत संरचनाअनुसार कोसी प्रदेशबाट महिला सदस्यमा शारदादेवी कोइराला र खुलामा हिमालय कर्माचार्य तथा अग्नि पौडेल छन्।
मधेस प्रदेशबाट महिला सदस्यमा मधु शाही तथा खुलामा रामानन्द यादव र बजरंग नेपाली चयन भएका छन् । बागमती प्रदेशबाट महिला सदस्यमा उमा दाहाल तथा खुलामा जितनारायण श्रेष्ठ र रमेश धमला छन्। गण्डकी प्रदेशबाट महिला सदस्यमा विष्णुदेवी पाण्डे तथा खुलामा रेशम बानिया र कृष्ण के।सी। चयन भएका छन्।
लुम्बिनी प्रदेशबाट महिला सदस्यमा पवित्राकुमारी अर्याल तथा खुलामा केशव आचार्य र रामबहादुर कार्की छन् । कर्णाली प्रदेशबाट महिला सदस्यमा राम देवी खड्का तथा खुलामा दिक्पाल शाही र नारायण भट्टराई चयन भएका छन्। सुदूरपश्चिम प्रदेशबाट महिला सदस्यमा निपा चोख्याल तथा खुलामा हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट छन्।
अपाङ्गता भएका खुलातर्फ प्रकाश पन्थ र अल्पसंख्यकतर्फ शिवनारायण सिंह गनगाई केन्द्रीय सदस्य बनेका छन्। दलित महिला कोटाबाट सीता मिजार, छाया सुनार, गंगा सुनार र लिला नेपाली चयन भएका छन्। दलित खुलाबाट मैकुलाल वाल्मीकि, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य विक र दिनेश सुनार छन्।
आदिवासी जनजाती महिलातर्फ सपनाराज भण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान र छिन्दुल्होमु शेर्पा चयन भएका छन्। आदिवासी जनजाति खुलातर्फ तारामान गुरुङ, अस्तकुमार कबे, छन्दबहादुर पहराई मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ र दिपन श्रेष्ठ छन्।
खसआर्य महिला कोटाबाट उमा शिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री चयन भएका छन्। खसआर्य खुलातर्फ विजय स्वाँर, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुसाल छन्।
मधेसी महिला कोटाबाट अञ्जु झा, चन्द्रकलाकुमारी यादव, गोमा अन्सारी र निलम साह चयन भएका छन्। मधेसी खुलाबाट राम पल्टन शाह, नागेन्द्र साह, राधेश्याम पाठक, सनिलकुमार यादव र रामरुप प्रसाद छन्। मुस्लिम महिला कोटाबाट सनम वेगम तथा मुस्लिम खुलाबाट अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार चयन भएका छन्।
थारु महिलातर्फ नवोदिता चौधरी र सुनिता राना तथा थारु खुलातर्फ सुरेन्द्रप्रसाद चौधरी र गोपाल दहित केन्द्रीय सदस्य बनेका छन्। त्यसैगरी पिछडिएको क्षेत्र खुलातर्फ दीपकजंग शाह चयन भएका छन्।
यसअघि बुधबार बसेको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले गगनसहित तीन नेतालाई पार्टीबाट निष्कासनको घोषणा गरेको थियो। विशेष महाधिवेशनले त्यसलाई खारेज गरेको छ।