काठमाडौं। एनसेलले शुक्रबारदेखि पोखरामा सुरु हुँदै गरेको छैठौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा सहकार्य गरेको छ।
टाइगर कप विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको छ। यस प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ टोली गरी कुल ११ टोलीले प्रतिस्पर्धा गर्नेछन्। महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड यूथ स्पोर्टस क्लब र थाइल्यान्ड क्विन्स टोली सहभागी छन्। पुरुष तर्फ गण्डकी प्रदेश भलिबल सङ्घ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, पर्वत जिल्ला भलिबल सङ्घ र मालदिभ्सका टोली छन्।
विजेता टोलीलाई समान पुरस्कार वितरण गरिने व्यवस्था गरिएको छ। प्रथम हुने टोलीले रु ६,६६,६६६, दोस्रोले रु ३,६६,६६६ र तृतीय टोलीले रु २,०६,६६६ पाउनेछन्।
एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, “टाइगर कपसँगको सहकार्यले स्थानीय युवाहरूको प्रतिभा पहिचानमा सहयोग पुर्याउँछ र भलिबल खेलको प्रवद्र्धनमा योगदान पुर्याउँछ।”
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले पनि एनसेलको निरन्तर सहयोगको लागि आभार व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन सहयोगी रहेको बताए।
प्रतियोगिता माघ १७ गतेसम्म पोखरा रङ्गशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ।