काठमाडौं। आज सातै प्रदेशमा राष्ट्रिय सभाका १९ मध्ये १७ सिटका लागि मतदान हुँदै छ। यीमध्ये कोसी प्रदेशबाट कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्। आज १८ पदका लागि प्रदेशभर निर्वाचन हुन लागेको हो।
आजबाट १९ जना सांसदले राष्ट्रिय सभाबाट बिदा लिँदै छन्। यद्यपि फागुन २० देखि विधिवत् रुपमा राष्ट्रिय सभाको पद रिक्त हुने समय हो। त्यसका लागि आज निर्वाचन गरिन लागेको हो। नेकपाबाट नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, वेदुराम भुसालको बिदाइ हुँदै छ।
यस्तै, एमालेबाट इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट सुमित्रा बीसी बिदा हुँदै छन्।
यसैगरी जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि बिदा हुँदै छन्।