काठमाडौं। नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई अत्यावश्यक सामग्री सहयोग गरेको छ। बैंकले ६४ जना वृद्धवृद्धालाई न्याना कपडा, ब्ल्यांकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्याना चप्पललगायत अत्यावश्यक सामग्री सहयोगस्वरुप हस्तान्तण गरेको हो।
यस पहलबाट आश्रमका वृद्धवृद्धाको तत्कालका आवश्यकता पूरा गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ। कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले समाज कल्याण केन्द्र वृद्धाश्रम प्रमुख शशी पौडेललाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रममा पशुपति विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा भुसाल, कोषाध्यक्ष, श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडालगायत पदाधिकारी उपस्थित थिए।
समुदाय स्तरमा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको बैंकले हाल १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित इकाइ, १२७ एटीएम र १ कर्पोरेट कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।