काठमाडौं। नेपाली क्रिकेट टोलीले टी-२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशभर छाएको क्रिकेटको उत्साहलाई थप उचाइमा पुर्याउन डिजिटल वालेट खल्तीले ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सार्वजनिक गरेको छ। उक्त अभियानअन्तर्गत एक भाग्यशाली जोडीले सबै खर्चसहित रंगशालामै पुगेर प्रत्यक्ष रूपमा विश्वकप हेर्ने पाउने भएका हुन्।
यस अभियानमा सहभागी हुन खल्तीले एक मनोरञ्जनात्मक ‘गेमिफाइड’ प्रक्रिया प्रस्तुत गरेको छ। प्रयोगकर्ताहरूले खल्ती एपमार्फत विभिन्न भुक्तानी र कारोबार गर्दा डिजिटल ’स्क्रयाच कार्ड’ प्राप्त गर्नेछन्।
प्रत्येक स्क्रयाच कार्डमा राष्ट्रिय टोलीका ११ जना खेलाडीमध्ये एक जनाको कार्ड रहनेछ। बम्पर उपहारको लक्की ड्रमा योग्य हुनका लागि प्रयोगकर्ताले ११ वटै छुट्टाछुट्टै खेलाडीका कार्डहरू संकलन गरी एउटा पूर्ण सेट तयार पार्नुपर्नेछ। यसरी कारोबार गर्दै जाँदा प्रयोगकर्ताले आफ्नै ‘डिजिटल टिम’ निर्माण गर्ने अनुभव समेत पाउनेछन्।
यो अभियानमा बम्पर पुरस्कार मात्र नभई यात्रामा विभिन्न उपहारको व्यवस्था गरिएको छ। २, ५, ७, र ११ वटा युनिक प्लेयर कार्ड संकलन गर्दा प्रयोगकर्ताले विशेष प्रोमोकोड प्राप्त गर्नेछन्। त्यसैगरी, ५ वटा युनिक कार्ड संकलन गर्नेमध्येबाट हरेक १४ दिनमा एक जना भाग्यशाली विजेताले ‘अनार X9d’ (HONOR X9d) स्मार्टफोन जित्ने अवसर पाउनेछन्। अन्तमा ११ वटै कार्ड संकलन गर्नेमध्येबाट लक्की ड्रमार्फत एक जोडीले विश्वकपको पूर्ण प्रायोजित यात्रा पक्का गर्नेछन्।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नेपालको विश्वकप छनोट हुनु सम्पूर्ण नेपालीका लागि गर्वको क्षण भएको बताउँदै प्रयोगकर्ताहरूलाई यो ऐतिहासिक यात्राको साक्षी बनाउन पाउँदा आफूहरू उत्साहित रहेको उल्लेख गर्नुभएको छ। यो अभियान २०८२ माघ १३ गतेदेखि फागुन ११ गतेसम्म लागू हुनेछ। प्रयोगकर्ताहरूले दैनिक उपभोग्य सेवाहरू जस्तै युटिलिटी बिल भुक्तानी र टप-अप जस्ता कारोबार खल्तीमार्फत गरी यस योजनामा सजिलै सहभागी हुन सक्नेछन्।