काठमाडौं । बुध्द एयरले जुन १ बाट पोखरा र चितवनका लागि होलिडेज प्याकेज सार्वजनिक गरेको छ । कोरोना भाइरसको कारण लक डाउनले घरमै थुनिएर बस्नु परेका काठमाडौंका नागरिकलाई लक्षित गरी होलिडेज प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।
होलिडे प्याकेज अनुसार पोखराको लागि २ दिन होटल र उडान सहित प्रतिव्यक्ति ५ हजार ९ सय ९९ रुपैयाँ र चितवनको लागि २ दिनको होटल र उडानसहित १३ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ ।
पोखरामा बाटिका, बाराही, जलमहल, लेकसाइड रिसोर्ट र ल्याण्डमार्क होटल तोकिएको छ भने चितवनका लागि जंगलसफारी लज र ग्रिन पार्क होटल रहेको छ ।
संक्रमणरहित र सुरक्षित होलिडे प्याकेज सञ्चालनका लागि ‘सांगठनिक नीति निर्देशिका’ तयार गरिसकेको छ । उडान र होलिडे प्याकेज सरकारको उडान सञ्चालन गर्नदिने निर्णय अनुसार जुन १ बाट बजार व्यवस्थापन गरि सञ्चालन गर्ने निर्णय भएको बुध्द एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।
पहिलो चरणमा पोखरा र चितवनका होटलसँगको सहकार्यमा प्याकेज ल्याइएको उल्लेख छ । पर्यटकलाई सुरक्षित अनुभुति गराउँदै पहिलो चरणमा काठमाडौंवासीलाई पोखरा र चितवनका पर्यटनस्थलमा आकर्षित गराउने योजना बुध्दको रहेको छ ।
त्यसका लागि बुध्द एयर र भगिनी संस्था ‘बुध्द होलिडेज’ मार्फत पोखरा,घान्द्रुक,धम्पुस र चितवनका केही होटल मार्फत साझेदारीमा पर्यटन प्रवद्र्धन गर्न लागेको जनाएको छ ।