काठमाडौं। अनलाइन किनमेल गन्तव्य दराज नेपालले फेब्रुअरी महिनाको सुरुआत बहुप्रतीक्षित ‘२.२ फ्याबुलस फेब, टू गुड टू मिस’ सेलमार्फत गर्ने घोषणा गरेको छ। यो अभियान फेब्रुअरी १ गते राती ८ बजे सुरु भई फेब्रुअरी ६ सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ। अभियान अवधिभर ग्राहकले आकर्षक छुट, विशेष ब्रान्ड अफर्स तथा विशिष्ट सपिङ अनुभव संगाल्ने अवसर पाउनेछन्।
२.२ सेल अवधिभर ग्राहकले विभिन्न लोकप्रिय श्रेणीका उत्पादनमा ७० प्रतिशतसम्मको फ्ल्यास सेल, ६० प्रतिशतसम्मको मेगा डिल्सका साथै छानिएका सामग्रीमा निःशुल्क डेलिभरीको सुविधा लिन सक्ने कम्पनीले बताएको छ।
सेलका माध्यमबाट दराज च्वाइस च्यानललाई विशेष रूपमा प्रस्तुत गरिने तयारी छ। यसमा कम्पनीले एभ्रिडे लो प्राइस (ईडीपीएल) अवधारणासहित अपडेट गरिएको छ। स्वास्थ्य तथा सौन्दर्य, किराना लगायत दैनिक रूपमा आवश्यक पर्ने सामग्रीलाई वर्षभरी नै किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ ईडीपीएल ल्याइएको हो। यसले सेल कुर्नु नपर्ने गरी भरपर्दो मूल्य र १–३ दिनभित्रको छिटो छरिटो डेलिभरी सुनिश्चित गर्छ।
ग्राहकले बाई ३ मा फर फ्री सिपिङ अफरका साथै ४ वा बढी वस्तु खरिद गर्दा निःशुल्क उपहार पनि प्राप्त गर्न सक्नेछन्। यसका अतिरिक्त, २.२ सेलमा अग्रणी ब्रान्डका तर्फबाट विशेष साझेदारी अफर पनि समाविष्ट छन्।
प्लाटिनम पार्टनर सेटाफिलका तर्फबाट १० प्रतिशतसम्मको छुट, गोल्ड पार्टनर ब्रान्ड हाउसका तर्फबाट ५० प्रतिशतसम्मको छुट सहित निःशुल्क डेलिभरी, तथा सिल्भर पार्टनरहरु नाइक र फन्सिराका तर्फबाट ६० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ।
२.२ फ्याबुलस फेब सेल अवधिभर ३,००० वा सोभन्दा बढीको खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले हालै सार्वजनिक गरिएको रेडमी नोट १५ फाइभजी (८ जीबी/२५६ जीबी) जित्ने अवसर पनि प्राप्त गर्नेछन्।