काठमाडौं। बृज एडिटिभ्स् प्रा.लि.ले प्रायोजन गरेका सोह्रौँ राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ।
‘दूरदृष्टिसहितको निर्माण: दिगो र सुदृढ नेपालका लागि युवा, नवप्रवर्तन र दिगोपनको समन्वय।' भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा माघ २३ गतेदेखि तीन दिने प्रदर्शनी सुरु भएको थियो।
प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हण्ट, पप्सीकल ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, फ्लोट डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन, पोएट्री कम्पिटिसन, ओलमपियाड, अटोक्याड, इटयाबस, आइडियाथन,ह्याकाथन गरी १५ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो।
प्रर्दशनीमा, नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो। प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई बृज एडिटिभ्स्का सहायक महाप्रबन्धक रविन्द्र उपाध्याय र परियोजना प्रबन्धक प्रशान्त पोखरेल ट्रफी प्रदान गरेका थिए। यसले कम्पनीको इन्जिनियरिङ समुदायसँगको सहकार्य र प्राविधिक विकासप्रतिको प्रतिबद्धता स्पष्ट पारेको छ।

सन् २०२२ मा स्थापना भएको बृज एडिटिभ्स केडिया अर्गनाइजेसनको निर्माण रसायन क्षेत्रतर्फको रणनीतिक पहल हो। कम्पनीले कंक्रिट एडमिक्स्चर, टाइल एडहेसिभ तथा वाटरप्रुफिङ समाधानमा केन्द्रित रही बृज एडिटिभ्स् आईएसओ ९००१ः २०१५ सर्टिफाइड उद्योग हो। यसका उत्पादनहरु इटालियन प्रविधिद्वारा उत्पादित हुने गरेको छ।
मुख्य उत्पादन क्षेत्र: कंक्रिट एडमिक्स्चर
प्रदर्शनीमा बृज एडिटिभ्सले रेडी मिक्स कंक्रिट, जलविद्युत आयोजना, पूर्वाधार तथा ठूला आवासीय व्यावसायिक परियोजनाका लागि प्रयोग हुने उन्नत कंक्रिट एडमिक्स्चर समाधान प्रस्तुत गरेको थियो।
प्रमुख उत्पादन मा सिल्कन फ्लोमिक्स पीसी सिरिज (पीसी १००, पीसी ३५०, पीसी ४५०, पीसी ५५०) रहेका छन्।
टाइल एडहेसिभ तथा वाटरप्रुफिङ समाधान
कंक्रिट एडमिक्स्चरका अतिरिक्त, बृज एडिटिभ्सले आफ्ना टाइल फिक्सिङ र वाटरप्रूफिङ उत्पादन श्रृंखला पनि प्रदर्शनीमा प्रस्तुत गरेको थियो।
पोलिमर-मोडिफाइड, सिमेन्ट-आधारित टाइल एडहेसिभ, जुन सिरेमिक, भिट्रिफाइड, मार्बल, ग्रेनाइट तथा ठूला फर्म्याटका टाइलहरूका लागि उपयुक्त छन्। यी उत्पादनहरूले बलियो बन्धन, दीर्घकालीन टिकाउपन तथा आकर्षक फिनिस सुनिश्चित गर्छन्।
भवन तथा संरचनालाई पानी चुहावट, सिपेज र ओसिलोपनबाट जोगाउने उद्देश्यले विकास गरिएका उन्नत समाधानहरू, जसले संरचनाको आयु र मजबुती वृद्धि गर्छ।
उत्पादन क्षमता तथा गुणस्तर प्रतिबद्धता
बृज एडिटिभ्स प्रा।लि।को दैनिक उत्पादन क्षमता ८० मेट्रिक टन रहेको छ। कम्पनीले कडा गुणस्तर नियन्त्रण प्रणाली, आधुनिक उत्पादन प्रक्रिया तथा निरन्तर अनुसन्धान-विकासमा जोड दिँदै आएको छ।
कम्पनीको प्रमुख प्रतिबद्धतामा
- स्थिर र उच्च गुणस्तर।
- साइट-उन्मुख व्यवहारिक समाधान।
- नवप्रवर्तनमा आधारित उत्पादन विकास।
- दिगो र टिकाउ निर्माण अभ्यास।