काठमाडौं । नेपालको विभिन्न जिल्लामा अड्किएका हङकङबासी नेपालीलाई काठमाडौसम्म यातायातको व्यवस्था मिलाइदिन गृह मन्त्रालयले ७७ जिल्लाकै प्रशासन कार्यालयलाई नामावली सहित पत्राचार गरेको छ । नेपालमा अड्किएका ११ सय २ जना हङकङबासी नेपालीहरुलाई हिमालय एयरबाट हुने उडानको लागि काठमाडौंसम्म जाने पासको ब्यबस्था गर्न मन्त्रालयले पत्राचार गरेको हो ।
गत महिना चार्टर फ्लाइटको लागि आरएलाई अग्रिम २ करोड भुक्तानी गर्न समस्या भए पछी उनीहरु यतै अड्किएको एन आर एन हङकङका अध्यक्ष राधिका गुरुङ (टीका) ले जानकारी दिईन् । उनले भनिन् ‘ हार्बेस्ट मुन ट्राभलले यो महामारीमा मानबिय हिसाबले ट्राभल नै ग्यारेन्टी बसि हिमालयन एअर मार्फत जम्मा ६३ हजारमा हङकङ उडान गर्न सहयोग गर्ने भए पछी हामी ११ सय बढी हङकङ बासी नेपाली यहीँ मे २२ देखि २८ सम्म हङकङ उडान गर्न पाउने भएकाछौ।’
उनका अनुसार नेपाल सरकारबाट लिनुपर्ने सम्पुर्ण प्रकृया पुरा भै सकेको छ । हङकङ पुगे पछी १४ दिन कोरोन्टाइनमा बस्न र खानाको ब्यबस्थापनको लागि हङकङ सरकारसँग पत्रचार भैरहेकोे छ। हङकङ सेक्युरिटी ब्युरो, सिभिल एभियसनलगायतका अन्य निकायको पत्र प्राप्त हुन साथ उडान शुरु हुने उनले बताइन्।
नेपालमा अडकिएका हङकङबासी नेपालीको लागि सस्तो दरमा हिमालय एअरसग समन्वय गरेको प्रति हङकङमा रहेका नेपालीबाट संचालित केहि ट्राभल एजेन्सी भने खुशी नभइको उनले बताईन् । उनी भन्छिन् ‘हङकङमा रहेका ट्राभल एजेन्सीहरु केही दिन देखी आरए चार्टर गर्ने तयारीमा लागेको र हिमालय एअर लाइन्स हङकङ आउनै नमिल्ने भ्रम फैलाउने काम गरि रहेका छन।’
आरए चार्टर गर्दा वाईडबडीको प्रति यात्रु रु ७० हजार र न्यारो वडिको प्रति यात्रु रु ८० हजार पर्न आउँछ । तर, यो अप्ठ्यारो घडिमा पनि टिकट शुल्क १ लाख तोकेर आरएको बिमान २४ मेमा उडान हुने हङकङका हिमालयन ट्राभले दाबी गरेको छ।
पररास्ट्र मन्त्रालय , कोभिड १९ उच्च स्तरिय समिती , पर्यटन मन्त्रालयबाट आजसम्म आर ए हङकङ उडानको लागि बुझ्दा निवेदन दर्ता र स्वीकृति नलिएको सम्बन्धित मन्त्रालयले बताए । नेपालमै अड्किदा धेरै बालबच्चाको मे २७ बाट शुरु हुने स्कुल छुट्ने र धेरै नेपालीको जागीर छुटने चिन्ता रहेको एक यात्रुले बताए ।
