काठमाडौं। मातृत्वको ११ दिनको यात्रामा रहेकी काठमाडौँ क्षेत्र न १ बाट उठेकी रञ्जु दर्शना न्ततगत्व माननीय यात्राको पथको यात्रामा पुगेकी छन्। छन्। प्रतिनिधिसभाका लागि हिजो भएको निर्वाचनमा भारी मतले विजय भएपछि दर्शनाले मातृत्वसँगै माननीयको यात्राको पाइला चाल्ने भएकी हुन्।
केही महिनाअघि मात्रै रञ्जुसहितको टोलीले विवेकशील पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित गरेका थिए। सो पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी रञ्जु समानुपातिक सूचीमा परेकी थिइन्। तर, उनको आलोचना भएपछि प्रत्यक्ष चुनावमा उठेकी हुन्। अहिले उनी सुत्केरी अवस्थामा छिन्।
गत फागुन १२ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रन्जुले बानेश्वरस्थित सिभिल अस्पतालमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएका हुन्। जेन्जी आन्दोलनका क्रममा बानेश्वर क्षेत्र नम्बर १ मा ७६ जना अबोध बालक गुमाएका आमाहरुलाई प्रतिनिधित्व गर्दै उनीहरुलाई न्याय दिलाउनका लागि दर्शनाले सो क्षेत्रबाट उम्मेद्वारी दिएकी थिइन्।
नौ महिनाको गर्भवती दर्शनाले गर्भावस्थामा घरदैलो कार्यक्रममा जुटिन्। आरामा गर्नुपर्ने र आफू र बच्चालाई निकै रेखदेख गर्नुपर्ने दर्शनाले नौ महिनाको गर्भ बोकेर मतदाताको घरदैलो कार्यक्रममा जोश जागर र उमंगका साथ सहभागित भएको देख्दा काठमाडौँ क्षेत्र न १ का मतदाताले उनलाई निकै माया सदभाव श्रदाका साथ घरमा स्वागत मात्र गरेनन् मातृत्वसँगै नेतृत्वको पनि जिम्मेवारी सुम्पिएका छन्। आम मतदाताले दिएको प्रेरणा दर्शनाको लागि ऊर्जा मात्र बढाएन, उनलाई मातृत्वसँगै विधायकीको यात्राको सुर्वण अवसर प्रदान गरेका छन्।
उनी १५ हजार ४५५ मतसहित विजयी भएकी छन्। उनका निकटतम चिरप्रतिद्वन्द्वी काङ्ग्रेस उम्मेद्वार प्रवल थापाले ६ हजार ३६४ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्र्टीका रविन्द्र मिश्रले ३ हजार ९७२ मत पाए। दर्शनाको विजयपछि उनका प्रतिद्वन्द्वी तथा पूर्व सारथी राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले बधाई दिएका छन्।
को हुन रञ्जु?
उनी २०७० सालमा १७ वर्षको उमेरबाट राजनीतिमा सक्रिय भएकी थिइन्। उनको अभियान गोविन्द केसीको मेडिकल शिक्षासम्बन्धी सामाजिक अभियानमा जोडिएर सक्रिय भएकी थिइन्। त्यही क्रममा उज्जवल थापा नेतृत्वको विवेकशील साझाबाट राजनीतिमा सक्रिय भइन। त्यसबेला नेपालमा भूमिगत र कतिपय मूल राजनीतिमा रहेका दलहरूले समेत नेपाल बन्दको घोषणा गर्थे। त्यस्तो बन्द हड्तालले नागरिकलाई सास्ती दिएको भन्दै विरोधमा रञ्जु सडक आन्दोलनमा सक्रिय भइन्।
उनको सक्रियतामा ‘बन्द बहिष्कार अभियान’ सञ्चालन भएको थियो। त्यस्तै उनी समाज सेवामा पनि सक्रिय भइन्। दश वर्षअघि गएको विनाशकारी भूकम्पमा राहत तथा पुनस्र्थापनाको कार्यमा सक्रिय भएकाी थिइन्। डा गोविन्द केसीले भ्रष्टाचारविरुद्ध अनसन बस्दा दर्शना अग्रभागको भूमिकामा देखिएकी हुन्।
यस क्रममा पार्टीमा पनि उनको प्रभाव बढ्दै थियो। २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो। जसमा उनी काठमाडौं महानगरको मेयर पदमा उम्मेदवार बनिन्। त्यसबेला उनी २२ वर्षकी थिइन्। जतिबेला दर्शनाले २३ हजारभन्दा बढी मत ल्याएकी थिइन्। काठमाडौं विश्वको सुन्दर शहर बनाऔँ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी रञ्जुको उम्मेदवारीले ठूलो चर्चा पायो।
सो निर्वाचनमा उनी तेस्रो भइन्। त्यसबेला काठमाडौं महानगरको मेयरमा भने नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भए। त्यो चुनावले रञ्जुलाई राष्ट्रिय चर्चामा ल्यायो। २०७८ सालमा विवेकशीलमा आन्तरिक कलह चुलियो। रञ्जु पार्टीबाट राजीनामा दिएर केही समय स्वतन्त्र रहिन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित उम्मेदवार बनिन्। तर, चुनाव जित्न सकिनन्। त्यसबेला उनले जम्मा ६०० मत पाएकी थिइन्। जेनजी आन्दोलनपछि देखिएको राजनीतिक परिवर्तनमा उनी सांसद बन्न सफल भइन्।