काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ। हालसम्म ४६ स्थानको मत परिणाम सार्वजनिक भएकामा ३५ वटामा रास्वपाले जित निकालेको हो। पछिल्लो अपडेटअनुसार रास्वपाका उम्मेदवारले ८४ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन्।
आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिष झा, महोत्तरी १ मा प्रमोदकुमार महतो, बारा ३ मा अरविन्द साह, पर्सा १ मा बुद्धिप्रसाद पन्त, काठमाडौँ १ मा रञ्जु न्यौपाने, काठमाडौं २ मा सुनील केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डेले जितेका छन्।
यस्तै, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं ९ मा डोलप्रसाद अर्याल, काठमाडौं १० मा प्रदीप विष्ट र भक्तपुर १ मा रुकेश रञ्जित निर्वाचित भइसकेका छन्।
यस्तै चितवन क्षेत्र २ मा रवि लामिछाने, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, स्याङ्जा १ मा धनन्जय रेग्मी, पर्वत १ मा सागर भुसाल, रुपन्देही २ मा सुलभ खरेल, रुपन्देही ३ मा डा लेखजंग थापा, रुपन्देही ४ बाट कन्हैया बनिया, बाँके निर्वाचन क्षेत्र नं १ मा सुरेशकुमार चौधरी, बाँके ३ मा खगेन्द्र सुनार र कैलाली १ मा कोमल ज्ञवाली विजयी भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार हालसम्म ३४ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ। पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ निर्वाचन क्षेत्रमा मतगणना भइरहको हो।
नेपाली कांग्रेसले ६ क्षेत्रमा जित निकालेको छ। तेह्रथुम क्षेत्र १ मा सन्तोष सुब्बा, मनाङ १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली र दैलेख क्षेत्र नं १ मा बासना थापा विजयी भएका छन्। जारी मतगणनामा कांग्रेसका उम्मेदवार १० स्थानमा अगाडि छन्।
नेपाली कम्युनिष्ट पार्टी २ स्थानमा विजयी भएकाे छ। कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व निर्वाचन क्षेत्र १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भइसकेका छन्। नेकपाका उम्मेदवार जारी मतगणनामा १० क्षेत्रमा अग्रस्थानमा छन्।
एमालेबाट २ उम्मेदवारले जितेका छन्। बझाङबाट एन महर र बाँके निर्वाचन क्षेत्र १ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन्। एमालेका उम्मेदवार ९० निर्वाचन क्षेत्रमा अगाडि छन्।
म्याग्दी निर्वाचन क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भइसकेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको थियो। श्रम संस्कृति पार्टीका उम्मेदवार पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक स्थानमा अगाडि छन्।