काठमाडौं। इजरायल र अमेरिकाले एक महिनादेखि आक्रमण गरेपछि प्रत्याक्रमणमा उत्रिएको इरानले विश्व इन्धन आयातको मुख्य जलमार्ग होर्मुज अवरोध गरेसँगै विश्व अर्थतन्त्र डगमगाइरहेका बेला आजदेखि पाकिस्तानको इस्लामावादमा युद्धरत पक्ष वार्ताको टेबुलमा बसेका छन्।
युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच पाकिस्तानमा उच्चस्तरीय वार्ता भइरहँदा त्यसको सकारात्मक प्रभाव विश्व बजारमा देखिन थालेको छ। दुई देशबीचको तनावका कारण अकासिएको इन्धनको मूल्यमा शनिबारसम्म आइपुग्दा सन् २०२२ यताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट रेकर्ड गरिएको छ।

इस्लामावादमा पाकिस्तानको मध्यस्थतामा भएको १४ दिने युद्धविराम र आजदेखि सुरु भएको औपचारिक वार्ताले लगानीकर्तामा उत्साह जगाएसँगै यो साता ब्रेन्ट क्रुडको मूल्य झन्डै १३ प्रतिशतले घटेर प्रतिब्यारेल ९५.२० डलर मा झरेको छ। कुनै समय यो मूल्य १२० डलर नाघेको थियो।
अमेरिकी कच्चा तेलको मूल्यमा पनि १५.५ प्रतिशतसम्मले गिरावट आई ९६.५७ डलर प्रतिब्यारेल कायम भएको छ। यसलाई सन् २०२० को कोभिड महामारीपछिको सबैभन्दा ठूलो दिने गिरावट मानिएको छ।
तेलको मूल्य घट्नुको मुख्य कारण इरानले हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने संकेत दिनु हो। विश्वको झण्डै २० प्रतिशत तेल ओसारपसार हुने यो मार्ग युद्धका कारण ठप्प हुँदा ऊर्जा संकट चुलिएको छ। इस्लामावाद वार्ताको मुख्य एजेन्डा नै यो मार्गलाई सुरक्षित र खुला राख्नु रहेको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका कारण मध्यपूर्वका ऊर्जा पूर्वाधारमा ठुलो क्षति पुगेको छ। ६० भन्दा बढी ऊर्जा केन्द्रहरू ड्रोन र मिसाइल आक्रमणको निशानामा परेका छन्।
मध्यपूर्वका उत्पादकहरूले मार्चमा दैनिक ७५ लाख ब्यारेल तेल उत्पादन कटौती गरेका थिए भने अप्रिलमा यो सङ्ख्या ९१ लाख ब्यारेल पुग्ने अनुमान गरिएको छ। यसले गर्दा यो वर्ष विश्व बजारमा तेलको अभाव हुन सक्ने विश्लेषकहरूको ठम्याइ छ।
साउदी अरबको तेल उत्पादन क्षमतामा दैनिक ६ लाख ब्यारेलले कमी आएको छ भने उसको पूर्व–पश्चिम पाइपलाइनको ढुवानीमा पनि ठुलो गिरावट देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्रतिबन्धित रुसी तेल खरिद गर्न दिइएको छुटलाई निरन्तरता दिने तयारी गरेको छ। पश्चिम एसियाका उत्पादकले भने जलमार्ग खुल्ने प्रतीक्षा गर्दै एसियाली रिफाइनरीहरूसँग तेल लोड गर्ने तयारीका बारेमा छलफल सुरु गरिसकेका छन्।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आए विश्वभर इन्धन अभाव र मूल्यवृद्धि घट्नेछ। अझ नेपालजस्ता देशका लागि ढुवानी खर्च र इन्धनको मूल्य घट्दा बजारमा खाद्यान्नलगायतका वस्तुको मूल्य घट्नेछ। युद्धकै कारण भारत आयातीत अर्थतन्त्रमा निर्भर नेपालले ल्याउने इन्धनको मूल्य उकालो लागेको छ। एक महिनाअघि प्रतिलिटर १५५ रुपैयाँ रहेको पेट्रोल र डिजेल मूल्य अहिले बढेर १२२ रुपैयाँ प्रतिलिटर पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आए विश्वभर इन्धन अभाव र मूल्यवृद्धि घट्नेछ। अझ नेपालजस्ता देशका लागि ढुवानी खर्च र इन्धनको मूल्य घट्दा बजारमा खाद्यान्नलगायतका वस्तुको मूल्य घट्नेछ।
खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर करिब ३०० रुपैयाँले बढेको छ। इन्धन मूल्य बढेसँगै खाद्यान्न, हवाई यात्रा, यातायात भाडालगायत बढेपछि नेपाली जनजीवन प्रभावित बन्न थालेको छ।
घाटामा चल्दै आएको निगमलाई यो गिरावटले नाफा कमाउने र उपभोक्तालाई सहुलियत दिने बाटो खोल्नेछ। विदेशी मुद्रा सञ्चितिः इन्धन खरिदमा बाहिरिने डलरको मात्रा घट्दा नेपालको अर्थतन्त्रमा सन्तुलन कायम हुनेछ। इन्धनमा सरकारले ५० प्रतिशत कर घटाए पनि मूल्य घट्नुको साटो बढेको छ। इन्धन मूल्य अन्तर्राष्ट्रिय स्तरमै बढेपछि सरकारी स्वामित्वको नेपाल आयल निगमले दैनिक करिब १ अर्ब घाटा खानुपरेको विज्ञप्ति नै निकालेको छ।
-1750076089.jpg)
यद्यपि, बजार विश्लेषकले यो गिरावटलाई ‘अस्थायी राहत’ मात्र भनेका छन्। इस्लामावादमा आजदेखि सुरु भएको वार्ता सफल भएन र १४ दिने युद्धविरामपछि पुनः संघर्ष सुरु भयो भने तेलको मूल्य फेरि ११० डलर नाघ्ने चेतावनी दिइएको छ। इस्लामावाद वार्ताले विश्वलाई सम्भावित ऊर्जा महाविपत्तिबाट एक पाइला पछि हटाएको छ।
यदि अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी अधिकारीबीच स्थायी शान्तिको खाका तयार भए सन् २०२६ को यो वार्ता विश्व अर्थतन्त्रका लागि एउटा ऐतिहासिक हुनेछ।