काठमाडौं। दुई तिहाइ नजिकको बहुमतको सरकार भए पनि सेयर बजारप्रति लगानीकर्ता अझै ढुक्क हुन नसकेको देखिएको छ। चैत १३ मा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले शपथ लिएपछिका दिनमा सेयर बजार अस्थिर रह्यो। कुनै दिन दोहोरो अंक पार गर्यो भने कुनै दिन राताम्य बनेकाे छ।
२०८२ वर्षान्त अन्तिम दिन आज सेयर बजार सुखद रहेन। वर्षको अन्तिम कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ दशमलव १८ अंकले घटेर २,८३३ बिन्दुमा समेटिएको छ।
आज १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ वटाको घट्दा १२ वटाको स्थिर रह्यो।आज ३४२ कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६६ करोडको कारोबार भएको छ। आज कारोबार रकम पनि घटेको छ। शुक्रबार आठ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको थियो।
आज सबैभन्दा धेरै नेसनल हाइड्रोपावरको सेयर कारोबार भएको छ कम्पनीको ९३ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको हो। रिडी पावरको ४९ करोड १९ लाखको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको ४५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै सुपर खुदी हाइड्रोपावर कम्पनी, सूर्यकुण्ड, होटल फरेस्ट र पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन्। आज यी चार कम्पनीमा सर्किट ब्रेक लागेको छ। रिज लाइन इनर्जीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन्।
आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। कम्पनीका लगानीकर्ताले ३ दशमलव ६० प्रतिशतका दरले गुमाएका हुन्। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ।