काठमाडौं। आजदेखि नेपाली नया वर्ष अर्थात् २०८३ सुरु भएको छ। २०८२ अरु वर्षहरु जस्तै सामान्य बितेको वर्ष पक्कै हैन्। सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरु हामीलाई उपहार दिँदै अनि हरेक उपहारसँग अनुभवहरू छाडेर गएको छ।
केही तस्बिर २०८२ नेपालीजनले सम्झिनुपर्ने, विर्षिनुपर्ने अनेक राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य अनेक सम्झनाका लागि छाडेर गएको छ। २०८२ साल राजनीतिक हिसाबले त उतारचढावपूर्ण वर्ष रह्यो। अन्य क्षेत्रमा पनि सम्झन र बिर्सन लायक थुप्रै घटना दुर्घटना भए।

जेनजी आन्दोलनले राजनीति त परिवर्तन भयो। तर, आर्थिक क्षेत्रमा ठूलो क्षति हुन पुग्यो। भाटभटेनीलगायत थुप्रै उद्योग व्यवसाय ध्वस्त पारिए।
भदौ २४ को विध्वंशले सबैभन्दा बढी प्रभावित भाटभटेनी सबैभन्दा छिटो उठ्यो। आगलागीमा पूर्ण क्षति भएका धेरै आउटलेट सञ्चालनमा आइसकेका छन्।
यो वर्ष विगतका वर्षहरुमा जस्तै सडक दुर्घटनाको नियति पनि बेहोर्नु पर्यो। धादिङ बस दुर्घटना बिर्सनलायक घटना बन्यो। चरौंदीमा भएको दुर्घटनामा ३ विदेशीसहित १९ जनाले ज्यान गुमाए।
खेल क्षेत्रको कुरा गर्ने हो भने त्रिवि क्रिकेट रंगशाला फ्लड लाइटले सजियो र पहिलो पटक नेपालीहरुले रात्रि कालिन क्रिकेटको मजा लिन पाए। ख्याति प्राप्त अन्तराष्ट्रिय खेलाडीहरुको आगमनले रौनक थपियो।
ब्राजिलका प्रख्यात फुटबल खेलाडी रोबर्टो कार्लोसको आगमनले नेपालको प्रचार अन्तराष्ट्रिय स्तरसम्म हुन सहयोग पुग्यो। नेपाल सुपर लिगका लागि उनलाई नेपाल ल्याइएको थियो।

आर्थिक क्षेत्रमा यो वर्ष उल्लेख्य रहेन। त्यसै पनि शिथिल निजी क्षेत्र जेनजी आन्दोलनले झन् थलियो। यसै वर्ष राष्ट्र बैंकको नयाँ गभर्नरमा विश्व पौडेल नियुक्त भए।
यही वर्ष मधेश खडेरीले आक्रान्त बन्यो। धानले हरियाली हुनुपर्ने खेतहरुमा धाँजा फाटे।
उता रसुवमा बाढीले वितण्डा मच्चाउँदा चीनसँगको नाका लामो समय बन्द हुन पुग्यो। सयौं गाडी बाढीमा बगे। पुरिए। मनोरञ्जन क्षेत्रको कुरा गर्ने हो। भारतबाट आएका नोरा फतेही, सञ्जय दत्त, सोनु निगम लगायतले काठमाडौं तताए। उता इजरायलमा हमासको आक्रमणमा परी विपिन जोशीले ज्यान गुमाए।















