काठमाडौं। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा आयात हुने खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न सातै प्रदेशका सीमा नाकामा विषादी, फर्मालिन तथा स्वच्छता (स्यानिटेसन) कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मन्त्री चौधरीको निर्देशनमा आज सम्बन्धित निकायमा गुणस्तर सुनिश्चित गर्न सातै प्रदेशका सीमा नाकामा विषादी, फर्मालिन तथा स्वच्छता (स्यानिटेसन) कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको हो।
आम नागरिकको स्वच्छ अधिकार सुनिश्चित गर्न र नेपालका कृषि उत्पादनलाई प्राथमिकता दिन सातै प्रदेशका सीमा नाकामा विषादी, फर्मालिन तथा स्वच्छता (स्यानिटेसन) कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्।
कृषि मन्त्रालयअन्र्तगतका हाल देशभरका सीमा नाकामा १६ र एक वटा केन्द्रमा गरी १७ वटा प्लान्ट क्वारेनटाइन कार्यालय सञ्चालनमा रहेका छन्। यी कार्यालयमार्फत आयात गरिने खाद्य तथा कृषि उपजको परीक्षण गरेर मात्रै आयात अनुमति दिइन्छ।
यी कार्यालयलाई पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षण गरी कृषि खाद्यान्न तथा उपज आयात अनुमति प्रदान गर्न मन्त्री चौधरीले निर्देशन दिएकी हुन्। यस्तै, संघीय कृषि बजारमा रहेको ११ वटा केन्द्रीय तथा क्षेत्रीय प्रयोगशालाबाट खाद्य वस्तुको गुणस्तर परीक्षण भइरहेको छ। यी क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न मन्त्री चौधरीले निर्देशन दिएकी हुन्। यहाँबाट वार्षिक ३० हजार नमुना संकलन गरी विषादी परीक्षण हुने गरेको छ।
यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमार्फत १२ वटा आयात नाकाबाट खाद्य वस्तुको परीक्षण हुँदै आएको छ भने वार्षिक करिब ५५ हजार नमुना परीक्षण गरिँदै आएको छ। यहाँ पनि विषादी लगायत परीक्षण हुने गरेको छ।
तरकारी तथा फलफूलमा प्रयोग हुने घातक विषादी अवशेष परीक्षण मात्रा अनिवार्य जाँच गर्न पत्राचार गरी निर्देशन गरिएको हो। यस्तै, माछा तथा मासुजन्य पदार्थलाई ताजा राख्न प्रयोग गरिने हानिकारक रसायन फर्मालिनको प्रयोग नियन्त्रण गर्नुपर्नेमा पनि मन्त्री चौधरीले निर्देशन दिएकी छन्।
आयातित खाद्य पदार्थको भण्डारण र ढुवानी प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुसार भए/नभएको सुनिश्चित गर्नु पर्ने उहाँले निर्देशन दिएकी हुन्।