काठमाडौं। मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म २१ करोड ८९ लाख खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिसम्म यस्तो खुद नाफा १७ करोड ११ लाख आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा संस्थाको नाफा २७.९३ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीले ३२ करोड ३३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २९ करोड ३१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।
चालू वर्षको पहिलो ९ महिनामा संस्थाको खुद ब्याज आम्दानी ६८ करोड ४७ लाख छ, जुन अघिल्लो वर्षको तुलनामा १०.२४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ६२ करोड ११ लाख रुपैयाँ थियो।
चैतसम्म संस्थाको वितरणयोग्य मुनाफा ३० करोड ५४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो मुनाफा २० करोड ३७ लाख थियो। अघिल्लो वर्षको तुलनामा संस्थाको वितरणयोग्य मुनाफा ४९.९५ प्रतिशतले बढेको छ।
चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३० करोड ५४ लाख रुपैयाँ र जगेडामा ८० करोड ५५ लाख रहेको छ।
कम्पनीले चालू आर्थिक वर्षको चैतसम्म २२ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
संस्थाको खराब कर्जा (एनपीएल) घटेर ३.९९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ४.२० प्रतिशत थियो।समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २१.६० रुपैयाँ कायम भएको छ।
अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको ईपीएस १६.८८ रुपैयाँ थियो। संस्थाको पीई रेसियो ३८.८४ गुणा र प्रतिशेयर नेटवर्थ १८२.२० रुपैयाँ रहेको विवरणमा उल्लेख छ।