काठमाडौं। सगरमाथाको शिखरमा यो सिजनको पहिलो आरोहण सफल भएको छ। बुधबार बिहान १०ः२५ बजे रोप फिक्सिङ ९डोरीको सहायताले बाटो बनाउने०टोली सगरमाथाको शिखरमा पुगेको हो।
रोप फिक्सिङका लागि सेभेन समिट ट्रेक्सका तीन शेर्पा मिङ्तेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र डेन्डी शेर्पासहित अन्य सदस्यहरू थिए। उनीहरु सगरमाथा ९दक्षिण मार्ग० को शिखरमा पुगेका हुन्।
मंगलबार रातीदेखि बाल्कोनी ९८,४०० मिटर० सम्म डोरी फिक्सिङ सफल भएपछि पहिलो र दोस्रो फिक्सिङ टोली मिलेर साउथ समिट हुँदै अन्तिम चरण पूरा गरी शिखरमा पुगेको नेपाल पर्वतारोहण सञ्चालक संघका अध्यक्ष फुर गेल्जे शेपाले जानकारी दिए। सगरमाथाको शिखरमा सफलतापूर्वक डोरी फिक्सिङ मिसन पूरा गरेसँगै पहिलो आरोण सफल भएको उनले बताए।
सगरमाथाको शिखर सफलतापूर्वक प्राप्त गर्नेमा मिंग्मा दोर्ची शेर्पा (संखुवासभा), मिंग्मा तेन्जे शेर्पा (संखुवासभा), पेम दोर्जे शेर्पा (सोलुखुम्बु), पासाङ तेन्जिङ शेर्पा (संखुवासभा), लोप्साङ भोटे (ताप्लेजुङ), छोम्बा तेन्जी शेर्पा (संखुवासभा), मिंग्मा नुर्बु शेर्पा (संखुवासभा), पासाङ ताशी शेर्पा (संखुवासभा), फुर्तेन्जी शेर्पा (संखुवासभा), गुरु भोटे (संखुवासभा), मिंग्तेम्बा शेर्पा (सेभेन समिट ट्रेक्स– १४ पीक्स क्लाइम्बर), पासाङ नुर्बु शेर्पा (सेभेन समिट ट्रेक्स), डेन्डी शेर्पा (दोलखा) र पासाङ ङिमा शेर्पा (इम्याजिन नेपाल) छन्।