काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि आरोलो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.५१ अंकले ओरालो लागेर दुई हजार ७२४ दशमलव ३९ मा सीमित भएको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६८ अंकले ओरालो लागेर ४६७ दशमलव ३७ मा सीमित भएको छ। कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता शेयर तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ मूल्यमा खरिद–बिक्री भएको छ।
नेप्सेका अनुसार, सिटी होटल, साहस ऊर्जा, आँखु खोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाई नेपाल लिमिटेड कारोबारका आधारमा शीर्ष स्थानमा रहेका छन्।
यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल रिपब्लिक मिडिया, दार्माखोला हाइड्रो इनर्जी, ग्लोबल आइएमई ब्यालेन्स फन्ड पहिलो र नेपाल एसबिआई बैंकको ऋणपत्रका लगानीकर्ताले कमाएका छन्।
त्यसैगरी, सिटी होटल, थ्री स्टार हाइड्रोपावर, प्रभु बैंकको ऋणपत्र २०८७, झापा इनर्जी र केबिए डिवेञ्चरका लगानीकर्ताले भने गुमाएका छन्।