काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ।संघले ३८ पुरुष र २५ महिला खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गर्दै उनीहरूको मासिक तलब र म्याच शुल्कको नयाँ वर्गीकरण सार्वजनिक गरेको हो।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीको स्तर र प्रदर्शनका आधारमा वर्गीकरण गरी मासिक तलब तोकिएको छ। यसपटक पुरुषतर्फ ए प्लस श्रेणीको नयाँ व्यवस्था गरिएको छ। क्यानले ए प्लसमा १२०,००० पारिश्रमिक दिने गरी रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछानेले लामिछानेलाई पहिलोपटक बढुवा गरेको छ।
यस्तै, ए श्रेणीमा १,००,००० पाउनेमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, करण केसी रहेका छन्। बी श्रेणीमा ७५,००० पाउने गरी ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव, गुल्सन झा रहेका छन्। सीमा ५५,००० पाउनेमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बसिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी, अनिल शाह छन्।
डेभलपमेन्ट श्रेणीमा ३५,००० पाउने गरी त्रितराज दास, रसिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिश जिसी, सागर ढकाल रहेका छन्।
क्यानका अनुसरमा २५ महिला खेलाडीमा मासिक ५५००० पाउने गरी ए श्रेणीमा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, सीता राना मगर परेका छन्। यस्तै बीमा ४०,००० पाउने गरी कविता कुँवर, सम्झना खड्का, मनीषा उपाध्याय छानिएका छन्। सीमा ३०,००० पाउने गरी बिन्दु रावल, कविता जोशी, रुबी पोदार, रिया शर्मा रहेका छन्।
डेभलपमेन्टमा २५,००० पाउने गरी रोमा थापा, सुमन विष्ट, ईश्वरी विष्ट, सोनी पाख्रिन, सना प्रविन, सावित्री धामी, काजल श्रेष्ठ, सीमना केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य, रचना चौधरी रहेका छन्।
खेलेबापतकाे शुल्क
क्यानले मासिक तलबका अतिरिक्त पुरुष र महिला दुवै टोलीका खेलाडीले अन्तर्राष्ट्रिय खेल खेलेबापत एकदिवसीयमा प्रतिखेल १५,०००, टी–२० मा प्रतिखेल १०,००० पाउनेछन्।