काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई ५६ व्यक्तिको सेयर रोक्का गर्न पत्र पठाएको छ। सीआईबीले धितोपत्र ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि ५६ जना उच्चपदस्थ व्यक्तिको सेयर बजारमा भएको लगानी रोक्का राख्न सेबोनलाई पत्र काटेको हो।
बिमा र वित्तीय क्षेत्रका उच्चपदस्थको अनुसन्धानको घेरामा सीआईबीले सेबोनको अनुसन्धान तथा कारबाही शाखालाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालका स्थापित हिमालयन रिइन्स्योरेन्सका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, मर्चेन्ट बैंकरका सञ्चालकको सेयर रोक्का गर्न पत्राचार गरेको गरिएको छ।
हिमालयन रि–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, सञ्चालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला र लगानी समिति सदस्य मनिष कुमार छन् ।
नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक सदस्य सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, प्रविना दाहाल (लगानी समिति अध्यक्ष) र सुजल मल्ल पनि यसको सूचीमा छन्।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योति अग्रवाल, नवराज मुडभरी, सीईओ चिरायु भण्डारी तथा लगानी समिति सदस्य ज्योतिप्रकाश पाण्डे र समीर खरेल सूचीमा परेका छन्।
हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक समिति तथा लगानी समितिका पदाधिकारी विवेककुमार शाह, लक्ष्मण ज्ञवाली, राजीवप्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला के।सि। र दिगम्बर झालाई पनि पत्र काट्न सीआईबीले सुझाएको छ।
ब्यूरोले जेठ ११ मा पत्र पठाउँदै सेबोनको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी दीपक भट्टसमेतका मुद्दाको अनुसन्धान गर्ने उद्देश्यले पत्र काटेको बताइएको छ।