काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २४ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ २८ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११० रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८२ पैसा र बिक्रीदर ४० रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३० पैसा र बिक्रीदर ४१ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६४ पैसा र बिक्रीदर २३ रुपैयाँ ७३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ५५ पैसा रहेको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।