काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)मा नयाँ नेतृत्व चयनको मिति नजिकिँदै गर्दा विधान संशोधनको बहस सुरु भएको छ। इप्पानमा आबद्ध दुई तिहाइ सदस्यको पहलमा आज ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक छलफल आयोजना हुन लागेको हो।
इप्पानको संस्थागत सुदृढीकरण, २१औं वर्षिक साधारणसभबाट नेर्ततव चयनसँग बनेको विधान संसोधन तथा पुनर्लेखेन समितिले २३औं वार्षिक साधारणसभामा पेश गररेरे पारित भएको विधान संसोधनको प्रस्ताव र नेतृत्व चयन एवं संसथकोे सुधार तथा ऊर्जा क्षेत्रको विकासका विषयमा गहन छलफल हुनेछ।
इप्पानको २४औं वार्षिक साधारणसभाको एजेन्डामा रहेको विधान संशोधनलाई मुख्य विषय बनाएर ऊर्जा उद्ययमीसँग राय सुझाव लिएर आगामी निर्वाचनको रणनीति तय गर्ने उद्देश्यले आयोजित भेलामा जलविद्युत् क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका व्यवसायी, लगानीकर्ता तथा सरोकारवाला सहभागी हुनेछन्।
संस्थाभित्र देखिएका विभिन्न समस्या, व्यवस्थापकीय चुनौती, नेतृत्व प्रणालीमा सुधार तथा ऊर्जा क्षेत्रको विकासका लागि विधान संशोधनमार्फत संस्थालाई थप प्रभावकारी, पारदर्शी र एकताबद्ध बनाउने उद्देश्यले छलफल चलाइन थालेको बुझिएको छ।
आयोजकका अनुसार हालको विधानमा रहेको व्यवस्थाअनुसार इप्पानको अध्यक्ष बन्न सदस्यले कार्यसमितिमा प्रवेश गरेपछि पदाधिकारी हुँदै वरिष्ठ उपाध्यक्षसम्म पुगेर करिब ९ वर्षको यात्रा पूरा गर्नुपर्ने प्रावधान छ।
उक्त व्यवस्थाले नेतृत्वमा सीमित समूहको प्रभाव कायम रहने र नयाँ पुस्ताका व्यवसायी तथा सदस्यहरूको अवसर संकुचित हुने भन्दै दुई तिहाइभन्दा बढी सदस्यको समर्थनमा विधान संशोधनको पहल अघि बढाइएको बताइएको छ।
कार्यक्रम आयोजना विधान संशोधनपछि निर्वाचन तथा नेतृत्व निर्माणको पक्षमा रहेको परिवर्तनकारी समूहले गरेको हो। वर्तमान कार्यसमितिका महासचिव बलराम खतिवडा, उपाध्यक्ष भरतबहादुर खत्री, उपमहासिचव प्रकाशचन्द्र दुलाल, सचिव भरत नेपाल, सदस्य मिथुन पौडेल, ईशा श्रोष्ठ, कुमार खरेल, सञ्जीव न्यौपाने, डा. भूषण गुरागाईंलगायत दुई दर्जन बढी जलविद्युत् व्यवसायीले गरिरहेको जनाइएको छ।
छलफलमा इप्पान अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्य, शैलेन्द्र गुरागाइँ, डा. सुवर्णदास श्रोष्ठ, डा. सन्दीप शाहलगाय सहभागी हुनेछन्।