काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ ३९ पैसा र बिक्री दर १७७ रुपैयाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ र बिक्रीदर १९२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर १०८ रुपैयाँ १२ पैसा र बिक्री दर १०८ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ६६ पैसा र बिक्री दर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ६१ पैसा र बिक्री दर ४१ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ५२ पैसा र बिक्री दर ३७ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १६ रुपैयाँ २३ पैसा र बिक्री दर १६ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ६० पैसा र बिक्री दर २३ रुपैयाँ ६९ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्री दर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिद दर ४९९ रुपैयाँ ४५ पैसा र बिक्री दर ४९९ रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिद दर ४०५ रुपैयाँ ३० पैसा र बिक्री दर ४०६ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिद दर ३९६ रुपैयाँ ९७ पैसा र बिक्री दर ३९८ रुपैयाँ ५२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।