काठमाडौं । बाराको निजगढमा चार वर्षदेखि निर्माण भइरहेको तारा इन होटल तयार भएको छ । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव एवंम् चर्चित कलाकार युवराज लामाले करिब १५ करोड लगानीमा होटल तयार गरेका हुन् ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकलाई लक्षित गरी निजगढमा होटल निर्माण गरिएको हो । ‘खेलकुद र कलाकारितालाई सँगसगै लैजादै व्यवसायीक यात्रालाई पनि अगाडी बढाउन होटल निर्माण गरेको हो,’ लामाले भने । अहिले भन्दा पछिका लागि पर्यटकीय ‘हव’ को रुपमा विकास हुने आशाको साथमा होटलमा लगानी बढाइएको लामाले बताए ।
‘होटल संरचनामा मात्र करिब ४ करोड भन्दा बढि लगानी भएको छ, जग्गा आफ्नै हो,’ उनले भने । ‘अहिलेको जग्गाको मुल्यांकन अनुसार होटलको लगानी करिब १५ करोडसम्म हुन जान्छ ।’
होटलमा २१ वटा कोठाहरु रहेका छन् । ती मध्ये १८ वटा एसीसहितको छ भने ४ वटामा एसी जडान गरिएको छैन । पारिवारीक वातावरण दिलाउने उद्धेश्यका साथ छुट्टाछुट्ै कटेज बनाइएको छ । त्यो सँगै स्वीमिङ र दुई वटा मिटिङ हलको सुविधा होटलमा राखिएको छ ।
लकडाउनको अवधिलाई सदुपयोग गरी होटलको पुरै काम सम्पन्न गरेको बताए । 
होटल यस अघिनै सफ्ट रुपमा सञ्चालनमा आएपनि निर्माणको काम भने भइरहेको थियो । लामाले निजगढमा होटलसँगै काठमाडौंमा थान्का पेन्टिङ्, कार्पेट र ट्राभल एजेन्सीसमेत सञ्चालन गर्दै आएका छन् ।
प्रदेश नम्बर २ मा पर्ने निजगढ व्यापारीक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको निजगढमा आन्तरिक पर्यटकहरु बढी जाने गरेका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकको चर्चाले निजगढमा धेरैको आकर्षण बढेको देखिन्छ ।
