काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को प्रभावले पछिल्लो समय डिजिटल कारोबार गर्नेहरुको संख्या बढेसँगै कुमारी बैंकले पनि आफ्नो रणनीति परिवर्तन गर्ने भएको छ । कुमारी बैंकले डिजिटल भुक्तानीलाई बढावा दिन विशेष प्याकेज ल्याउने तयारी थालेको छ ।
‘अबको युग भनेको डिजिटल युग नै हो,’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले भने, ‘डिजिटल कारोबारलाई बढाउँदै आफ्नो रफ्तार विस्तार गर्छौ ।’ भण्डारीले डिजिटल प्रविधिलाई अगाडी बढाउन विषेश प्याकेज नै बनाएर अघि बढिरहेको बताए ।
विश्वका अधिकाशं मुलुकमा शाखारहित बैंकिङ कारोबार भइरहेको छ । भएका शाखाहरुमा पैसा झिक्नेहरुको संख्या कम हुँदै गएको छ । नेपालमा पनि बैंकहरु डिजिटलतर्फ उन्मुख भइरहेको उनले बताए ।
‘केही समय अघिसम्म बैंकका शाखा खोल्ने प्रतिस्पर्धा भइरहेको हुन्थ्यो,’ सीईओ भण्डारीले भने, ‘अहिले कसले डिजिटलमार्फत भुक्तानीलाई सहज बनाउन सक्छ त्यही बैंक अघि बढ्छ । यसमा कुमारी बैंक सजगभ एर अघि बढेको छ ।’
कुमारीले डिजिटल कारोबार बढाउन लागि विषेश टिमनै खडा गरेर काम गरिरहेको बताउँदै अवको तीन/चार वर्ष भित्रमा पूर्ण रुपमा डिजिटल भइसक्ने उनले बताए । बढ्दो इन्टनेटको प्रयोगकर्ताहरुलाई लक्षित गरी बैंकले काम गरिरहेको उनको भनाई छ ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति समय सान्दर्भिक भएको उनको प्रतिक्रिया छ । कोभिडले थला परेको ब्यापार ब्यवसायलाई मजबुत बनाउन मौद्रिक नीतिले ठूलो सहयोग पुग्ने उनको अपेक्षा छ ।
ब्यवसायीहरु बचेमात्र बैंकहरु पनि बाच्ने हो भन्ने सोचका साथ आफूहरु अघि बढेको बताउँदै धेरै समस्या परेका उद्योगहरु देखि क्रमश : कम असर परेका उद्योगहरुलाई वर्गिकरण गरेर ब्याज र किस्ता तिर्ने समय थप गर्दा पनि धेरैलाई सहज हुने उनको विश्वास छ ।
मौद्रिक नीतिमार्फत कर्जा–निक्षेप अनुपात (सीसीडी रेसियो) ८० प्रतिसतको सीमा बढाएर ८५ प्रतिशत पु¥याएको प्रति सीईओ भण्डारीले खुसी व्यक्त गरेका छन् । ५ प्रतिशतको सीमा बढ्दा धेरै तरलता बजारमा आउने भएकोले अर्थतन्त्रलाई चलायमान हुने उनको भनाई छ ।