नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको वित्तीय विवरण धमाधम सार्वजनिक भईरहेको छ । आइतबारसम्म वाणिज्य बैंकहरुमध्ये सरकारी स्वामित्वसमेत रहेको कृषि विकास बैंकबाहेक २६ वाणिज्य बैंकहरुले विवरण सार्वजनिक गरिसकेका छन् ।
सेयर बजारमा अधिक हिस्सा ओगट्ने वाणिज्य बैंकहरुको औसत आम्दानी भने अघिल्लो वर्षको तुलनामा घटेको पाइएको छ । विश्वव्यापी कोरोना भाईरस संक्रमण विस्तार भएसँगै त्यसको असर नेपालमा पनि देखिएको थियो ।
यद्यपी, बैंक तथा वित्तीय संस्थाहरुले असारसम्मको बाँकी बक्यौता (किस्ता तथा ब्याज) असोजसम्म उठाएपनि असारकै हिसाव देखाउन पाइने सुविधा नियामक नेपाल राष्ट्र बैंकले दिएको छ । यसले यसअघि ऋण असुलीमा कठिनाई भोगेका बैंकहरुले भदौ र असोजलाई भरपुर उपयोग गर्न सक्छन् ।
त ११ गतेबाट मुलुक बन्दाबन्दी –लकडाउन) भएसँगै बैंक तथा वित्तीय संस्थाहरुको कारोबार पनि खुम्चिएको थियो । यसको प्रत्यक्ष असर बैंकहरुको नाफामा पनि परेको छ । पुँजी बजारमा पुँजीकरणका आधारमा वित्तीय क्षेत्रको हिस्सा ८०.१ प्रतिसत छ भने वाणिज्य बैंकको मात्रै ५०.६ प्रतिसत रहेको छ ।
बैंकहरको वित्तीय विवरणमा देखिएको संकुचनको सिधा असर आइतबारको सेयर कारोबारमा पर्ने देखिन्छ । त्यसै पनि ओरालो लागेको सेयर बजार बैंकहरुको वित्तिय विवरणका कारण थप ओरालो लाग्ने आंकलनहरु भएका छन् । सेयर लगानीकर्ताहरुले कम्पनीहरुका नाममा विभिन्न किसिमका अफवाह सामाजिक सञ्जालमा फैलाउन सुरु गरिसकेका छन् ।
त्यसको प्रत्यक्ष असर आइतबारको कारोबारमा देखिने सम्भावना अधिक छ । यद्यपी बैंक तथा वित्तीय संस्थाहरुले असारसम्मको बाँकी बक्यौता (किस्ता तथा ब्याज) असोजसम्म उठाए पनि असारकै हिसाव देखाउन पाइने सुविधा नियामक नेपाल राष्ट्र बैंकले दिएको छ । यसले यसअघि ऋण असुलीमा कठिनाई भोगेका बैंकहरुले भदौ र असोजलाई भरपुर उपयोग गर्न सक्छन् ।
पूर्ण सरकारी स्वमात्विमा रहेको र नेप्सेमा सूचीकृत नभएको राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि घटेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार, सिभिल बैंकको अवस्था सबैभन्दा नाजुक छ । उसको प्रतिसेयर आम्दानी मात्रै ५ रुपैयाँ ७१ पैसा छ । त्यसबाहेक सबै बैंकहरुको प्रतिसेयर आम्दानी दोहोरो अंकमा चढेको छ । सिभिलपछि सेन्चुरी कमर्सियल बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७७ पैसा छ ।
र्वजनिक वित्तिय विवरणअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी गर्ने बैंकका रुपमा नबिल अगाडी छ । उसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २४ पैसा छ । विगत वर्षहरुमा नियामकीय दबाबका कारण ह्वात्तै चुक्ता पुँजी बढाएका बैंकहरुको नाफामा बृद्धि देखिएपनि प्रतिसेयर आम्दानी भने न्यून हुन पुगेको छ ।
कतिपय बैंकहरुको नाफा बृद्धि भएको देखिए पनि वितरणयोग्य नाफा भने बढ्न सकेको देखिँदैन । कोरोना कहरमा पनि सेन्चुरी, एनसीसी, प्राईम, एनआईसी एसिया, ग्लोबल आइएमई, एनएमबीलगायतका बैलकले नाफा बढाएका छन् भने नेपाल बंगलादेश, एभरेस्ट, सनराईज, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेस्टमेन्ट, माछापुच्छ्रे लगायतका बैंकहरुको नाफा घटेको छ । पूर्ण सरकारी स्वमात्विमा रहेको र नेप्सेमा सूचीकृत नभएको राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि घटेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार सिभिल बैंकको अवस्था सबैभन्दा नाजुक छ । उसको प्रतिसेयर आम्दानी मात्रै ५ रुपैयाँ ७१ पैसा छ । त्यसबाहेक सबै बैंकहरुको प्रतिसेयर आम्दानी दोहोरो अंकमा चढेको छ । सिभिलपछि सेन्चुरी कमर्सियल बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७७ पैसा छ । १७ ओटा बैंकहरुको प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा तलै छ ।
केन्द्रीय बैंकले मर्जर नीति अंगीकार गरिरहेका बेला यी बैंकहरु बढी आँखामा पर्ने गरेका छन् । सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, हिमालयन र नेपाल बैंकको भने प्रतिसेयर आम्दानी २० देखि ३० रुपैयाँ छ भने एभरेष्ट र एनआइसी एसिया र नबिलको प्रतिसेयर आम्दानी ३० देखि ४० रुपैयाँकाबीचमा छ । कोरोनाका कारण ऋण असुलीमा समस्या देखिएपछि कतिपय बैंकहरुको खराव कर्जा बढ्दा नाफामा संकुचन आएको छ ।
कसको नाफा कति रकम (रु. करोडमा) र प्रतिसेयर आम्दानी