×

साउन २७ गते जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाउनुस् : नेपाल पञ्चाङ निर्णायक समिति

images

काठमाडौं । नेपाल पञ्चाङ निर्णायक समितिले साउन २७ गते शुक्रबार एकै दिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाउन आग्रह गरेकाे छ । 

बिहीबार पूर्णिमा तिथि सुरु भए पनि भद्रा पर्ने भएकाले त्यसको भोलिपल्ट शुक्रबार जनैपूर्णिमा तथा रक्षाबन्धन गर्न उपयुक्त हुने समितिले जनाएकाे छ ।

यस्तै, समितिले शुक्रबार एकै दिन रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता टिकाटिप्पणीबाट कुनै पनि भ्रममा नपर्न र कुनै सन्देह नराखी आफ्ना कृत्यहरु गर्न गराउन समितिले सबैलाई आग्रह गरेको छ ।

समितिले स्मरण गराउँदै भनेकाे छ 'यसअघि २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४, १९९४ सालमा पनि यसपालिको जस्तै तिथिको अवस्था परेको थियाे।'

बुधबार २५ साउन २०७९ ०८:५८ PM मा प्रकाशित

प्रतिक्रिया