सोमबार, माघ ३ २०७८ १०:४६ PM

×

माघको सुरुमा सार्वजनिक हुने भीभो भी २३ ई, स्टेलर क्यामरा सिस्टमसहित आउन सक्ने  

images

काठमाडौं । भीभोले आफ्नो भी सिरिजको नयाँ संस्करण भिभो भी २३ ई छिट्टै सार्वजनिक गर्ने भएको छ । 

यो स्मार्टफोनमा स्टेलर क्यामरा सिस्टम रहने आँकलन गरिएको छ । केही लीक भएका विवरणहरुका अनुसार यसको फ्रन्ट क्यामरामा पनि सधैं झैं केही नयाँ विकास भएको छ । यसमा ५० मेगापिक्सेलको अटोफोकस पोर्ट्रेट सेल्फी छ  जसले उच्च गुणस्तरको स्पष्ट र उज्यालो तस्बिरहरू उत्पादन गर्नेछ । 

यसमार्फत युवा पींढीले कन्टेन्ट क्रियशन (सामग्री सिर्जना) भिडियो लगिङ तथा फोटोग्राफीजस्ता कामहरु गर्न सक्छन् ।  सोसल मिडियाको प्रवृत्ति तथा फेशनको सँगतमा हुर्के बढेका पुस्ताका उपभोक्ताका लागि यो फोन उत्कृष्ट रोजाई बन्ने कम्पनीको अपेक्षा छ ।

मङ्गलबार २७ पुस २०७८ ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया