बुधबार, असार २ २०७८ ०८:०९ PM

×

कोरोनाबाट ५,२२५ जना निको, ६७ जनाको मृत्यु

images

काठमाडौं । शुक्रबार ५ हजार २ सय २५ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म ५ लाख २० हजार ८ सय १६ जनाले कोरोना संक्रमणलाई जितेका छन् । 

त्यस्तै ३ हजार ७ सय ५० जना कोरोनाका नयाँ संक्रमित थपिए भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ९ हजार ५ सय ९८ पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ९ जनामा र ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षण गर्दा १ हजार ४१ जनामा भाइरसको संक्रमण भेटिएको हो । 

शुक्रबार ६७ जना कोरोनाका बिरामीको ज्यान गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।  योसँगै नेपालमा अहिलेसम्म ८ हजार ३ सय ५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । 
 

शुक्रबार​ २८ जेठ २०७८ ०५:३५ PM मा प्रकाशित

प्रतिक्रिया