×

जनकपुरमा सिटिजन्स बैंकको आफ्नै भवनबाट सेवा सञ्चालन सुरु 

images

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जनकपुर विद्यापति चोकमा आफ्नै भवन सञ्चालनमा ल्याएको छ । माघ ३ गते  साेमबार प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरी बैंकिङ कारोबार सञ्चालन  गरिएको हो । यस शाखाबाट विशेषाधिकार काउन्टरसमेत सुरुवात गरिएको छ ।

साथै, यस शाखामार्फत सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंकका देशैभरि १ सय ७४ वटा शाखा, १ सय २३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिब १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । 

सोमबार ३ माघ २०७८ ०३:१६ PM मा प्रकाशित

प्रतिक्रिया