×

राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस 

images

नेपालगञ्ज  । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्ष तप्तबहादुर पौडेलले १० हजार १ सय १२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १ सय ३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए । 

उनका अनुसार पौडेलका निकटतम् प्रतिद्वन्द्वी नेकपा मओवादी केन्द्रका पट्टु थारुले ९ हजार २ सय ९२ र नेकपा एमालेका रामदास थारुले ९ हजार १ सय ४० मत प्राप्त गरेका  छन्कोर । 

यसैगरी थारुकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी चमेली बागवलले ९ हजार ३ सय ४१ र माओवादी केन्द्रकी मञ्जु रोकायाले ८ हजार ७ सय ९३ मत प्राप्त गरिन् । 

सो पालिकामा नेकपा एमालेले पाँच, राप्रपा एक र माओवादी केन्द्रले तीन वडामा विजयी भएका छन् । कुल ३२ हजार ९ सय ६७ खसेको मतमा करिब ७ प्रतिशत अध्यक्ष र उपाध्यक्षमा बदर भएको निर्वाचन अधिकृत केसीले जानकारी दिए । 

मङ्गलबार ३ जेठ २०७९ ०१:३१ PM मा प्रकाशित

प्रतिक्रिया