×

गठबन्धनलाई हराउँदै एमालेले जित्यो मेलुङमा प्रमुख र उपप्रमुख

images

चरिकोट । गठबन्धनलाई हराउँदै दोलखाको मेलुङ गाउँपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख पदमा विजयी हासिल गरेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार अध्यक्षमा हिरा थोकरले ४ हजार ४ सय ४२ मत प्राप्त गरेर विजयी भएका छन् भने उपप्रमुखमा गायत्री आचार्यले ४ हजार १ सय ४७ मत पाएका छन् ।

थोकरका प्रतिस्पर्धी ठबन्धनकका तर्फबाट एकीकृत समावजादीका रवीन्द्र कार्कीले २ हजार ७ सय ३ मत प्राप्त गरेका छन् उपप्रमुखका प्रत्यासी नेपाली काङग्रेसका भक्त बहादुर तामाङले २ हजार एक सय ७५ मत प्राप्त गरेका छन् ।

सातवटा वडा रहेको मेलुङ गाउँपालिकामा नेकपा एमालेले ४ वटा वडामा वडा अध्यक्ष सहित सिंगो प्यानल निर्वाचित भएको छ भने गठबन्धनले ३ वटा वडामध्ये समावजादीले वडा नम्वर २, माओवादीले वडा नम्वर ५ र वडा नम्वर ६ मा काङग्रेस विजयी भएको छ ।

मङ्गलबार ३ जेठ २०७९ ०२:१६ PM मा प्रकाशित

प्रतिक्रिया