×

सरकारले आजदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकको उत्पादन र प्रयोग निषेध

images

काठमाडौं ।  आजबाट सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री-वितरण तथा प्रयोगमा निषेध गरेको छ ।

आजबाट वातावरण विभागका अनुसार यो निर्णयको कार्यान्वयन भए नभएकाबारे कडा अनुगमन हुने भएको छ । नेपाल सरकारले १९ असोज २०७८ मा राजपत्रमा सूचना निकाल्दै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री-वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो । यस्तो सूचना राजपत्रमा प्रकाशित गरिएको थियो ।

२०७८ माघ  १७ गते मन्त्रिपरिषदले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ समेत स्वीकृत गरेको थियो । यसलाई १ भदौबाट कडाईका साथ पालना गरिने विभागले जनाएको छ । कोभिड-१९ का कारण सरकारले बीचमा यो निर्णयलाई खुकुलो छाडेको थियो ।
 

बुधबार १ भदौ २०७९ ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया