काठमाडौं। तिहार पर्वलाई लक्षित गर्दै सीजी डिजिटल र एलजी शपले ग्राहकहरूका लागि ‘लुटो लुटो अफर! स्क्यार्च एन्ड विन इन्स्ट्यान्ट डिस्काउन्ट’ नामक विशेष अभियान सुरु गरेका छन्।
हरेक स्क्यार्चमा तत्काल छुट भन्ने आकर्षक नारासहित ल्याइएको अफरमार्फत ग्राहकहरूले एलजी, सीजी, सीजी मेरिडिया, टीसीएल, बेको, ब्ल्याक+डेकर, गोदरेज, सेन्सेइ, बर्ली, मिडिया, केन्ट, एलिका, क्रम्प्टन, नथिङ (आर) र मोटोरोला लगायतका १५ भन्दा बढी अग्रणी ब्रान्डका उपकरणहरूको खरिदमा ४० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
अफरलाई थप आकर्षक बनाउन ग्राहक सुविधाका लागि पुराना उपकरण साट्ने सुविधा र ०% ब्याजदरमा ईएमआई सुविधा पनि उपलब्ध गराइएको छ। साथै, सीजी एक्स-ईलेक्स प्रणालीमार्फत तत्काल स्वीकृत हुने ‘अन-द-स्पट ईएमआई’ सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ।
उक्त योजना कार्तिक ११ गतेसम्म मात्र लागू हुनेछ। यस अवधिभर ग्राहकहरूले फ्रिज, स्मार्ट टिभी, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, चिम्नी, ज्यूसर, कूलर लगायतका अत्याधुनिक उपकरणहरू देशभरका सम्पूर्ण सीजी डिजिटलका २० वटा शोरुम र एलजी शपका ७ वटा शोरुमहरूबाट खरिद गर्न सक्नेछन्। ग्राहकहरूले देशभरका शोरुम वा सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत अफरसम्बन्धी थप जानकारी लिन सक्नेछन्।