×

सालकको खपटासहित कपुरधाराबाट विजय तामाङ पक्राउ

images

काठमाडाैं । प्रहरीले सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेंसी नगरपालिका–७ का २३ वर्षीय विजय तामाङलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीका अनुसार झोलामा सालकको खपटा बोकेर बिक्रीवितरण गर्न हिँडेको अवस्थामा तामाङ पक्राउ परेका हुन् । प्रहरीले तामाङलाई कपुरधाराको प्रतीक्षालयबाट पक्राउ गरेको हो । पप्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

बुधबार १ भदौ २०७९ ०१:५२ PM मा प्रकाशित

प्रतिक्रिया