×

सारंगी ब्रान्डको नयाँ ह्वीस्की ‘सेतो बाघ’ पोखराको बजारमा

images

काठमाडौं । नेचुरल स्पिरिट्स, नेपालले नयाँ ब्रान्डको भोड्का बजारमा ल्याएको छ । सो कम्पनीले उत्पादन गरेको सारंगी ब्रान्डको ह्वीस्कीले अर्को उत्कृष्ट ब्रान्डको भोड्का बजारमा ल्याएको हो । 

नेपाली खाँटी स्वादको मदिराको रसास्वादन गर्न चाहाने ग्राहकहरुलाई लक्षित गरेर उक्त भोड्का बजारमा ल्याएको कम्पनीले जनाएको छ । पोखराका बजारमा ‘सेतो बाघ’ नामले नायाँ ब्रान्डको भोड्काको बिक्री वितरण सुरु भएको हो । बजारमा उपलब्ध भइरहेका अन्य भोड्काहरुभन्दा भिन्न तर उत्कृष्ट स्वादको उक्त भोड्का अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप तयार पारिएको कम्पनीको दाबी छ ।

सेतो बाघ भोड्कामा हिमालयको झरनाबाट बहेको चिसो स्वच्छ पानी र युरोपबाट आयातीत प्रमुख कच्चा पदार्थहरुको मिश्रण रहेको छ । जसले गर्दा शुद्ध भोड्काको रसास्वादन गर्न चाहने जो कोहीलाई एक चुस्की मै गहिरो झड्का दिन्छ । 

नेचुरल स्पिरिट्स, नेपालका अनुसार हरियो खुर्सानी, जुनिपर र एन्जेलिकाको बीजहरु कन्चन निर्मल भोड्कामा स्पष्ट देख्न सकिन्छ । जसले यसको समूहमा यसलाई आफ्नै किसिमको हस्तनिर्मित भोड्का बनाएको छ । 

मदिरा उत्पादन बिक्री वितरण सँगसँगै सामाजिक उत्तरदायित्वप्रति पनि त्यत्तिकै जिम्मेवार रहेको कम्पनीले जनाएको छ । देशमा भएका बाघहरुको संरक्षणमा समेत चासो राख्ने भएकाले आफ्नो उत्पादनको नाम नै सेतो बाघ राखेको कम्पनीको भनाइ छ ।
 

बिहीबार ५ जेठ २०७९ ०४:४४ PM मा प्रकाशित

प्रतिक्रिया